धादिङ जिल्लाको सम्पूर्ण खबर एकै साथ भन्ने
नारा लिएर नेत्रावती अनलाइनको सञ्चालन गरिएको हो । नेत्रावती अनलाइनको
सञ्चालक नेत्रावती मिडिया ग्रुप हो । कानुन बमोजिम नेपाल सरकारबाट स्वीकृति
लिएर स्थापना भएको नेत्रावती मिडिया ग्रुपले धादिङ जिल्लामा रहेर मिडिया
तथा सूचना प्रविधिसँग सम्वन्धीत कामहरु गर्दछ । नेत्रावती अनलाईन खबर
पत्रिका २०६६ चैत ११ गते रामनवमीका दिनदेखी औपचारिक रुपमा सुरु भएको हो ।
नेत्रावती साप्ताहिक २०६४ कार्तिक १५ गते देखी धादिङ जिल्लाबाट नियमित
रुपमा प्रकाशित हुँदै आईरहेको छ् । नेत्रावती साप्ताहिकको अनलाईन सस्करण
नेत्रावती अनलाईन खबर पत्रीका हो । नेत्रावती साप्ताहिक जिल्लाको
ब्यब्सायिक साप्ताहिक हो ।

केशव अधिकारी
नेत्रावती अनलाईन खबर पत्रिकाका प्रधान
सम्पादक अध्यक्ष केशव अधिकारी नेपाली राष्ट्रिय दैनिक अन्नपूर्ण पोस्टका
साथै उज्यालो नाइण्टी नेटवोर्क सँग आबद्ध हुनुहुन्छ । त्यसैगरी नेत्रावती
साप्ताहिकका सम्पादक एशोदा नेपाल धादिङन्युज डट कमका सम्पादक समेत
हुनुहुन्छ । लामो समय देखी पत्रकारीतामा सम्लग्न ब्यक्तीहरुको सार्थक
प्रयास बाट नेत्रावती साप्ताहिक अगाडि बढीरहेको छ ।पत्रकारिता, सूचना
प्रविधि र अन्य विविध क्षेत्रमा सक्रिय व्यक्तिहरु नेत्रावती अनलाईन खबर
पत्रिकामा समावेश छन् । हामीलाई पत्रकारिता, सूचनाप्रविधि, राजनीति,
व्यावसाय लगायत सबै क्षेत्रमा सक्रिय व्यक्तित्वहरुले प्रत्यक्ष तथा
अप्रत्यक्षरुपमा साथ दिइरहनुभएको छ ।
नेत्रावती साप्ताहिकले देश बिदेशमा रहेका धादिङ जिल्लाबासीका साथै धादिङ
जिल्लालाई नजिकबाट माया गर्नुहुने पाठक र शुभचिन्तकहरुकोलागी अनलाइन
पत्रिकाको आरम्भ गरेको हो । जनचासो र सरोकारका सवालहरुलाई समाचारको मुल
मुद्धा बनाउदै पत्रकारितामा नयाँपन, समर्पण र संघर्षका लागि २०६४ कार्तिक
१५ गते देखी नेत्रावती साप्ताहिक नियमित रुपमा प्रकाशित हुँदै आईरहेको छ
।नेत्रावती अनलाइनले विश्वभरी छरिएर रहेका धादिङ जिल्लाबासी र आम
नेपालीहरुका बिच जिम्मेवार समाचार र जानकारीहरु प्रस्तुत गर्नेछ। नेत्रावती
अनलाइनमा कृयाशिल पत्रकारहरूको समूहले हरेक महत्वपूर्ण विषय लाई तत्काल
समाचारका रुपमा प्रवाह गर्नेछ ।सुचना र समाचारको प्रबाह भन्ने नेत्रावती
साप्ताहिक’को मूल मर्म नेत्रावती अनलाईन खबर पत्रिकामा पनि कायम रहनेछ ।
नेत्रावती अनलाईन
नीलकण्ठ-५,धादिङ्बेसी(धादिङ)
फोन -९७७-१०-०१०-५२१०२७/ ५२०८३८
ईमेल -netrawati@gmail.com
नीलकण्ठ-५,धादिङ्बेसी(धादिङ)
फोन -९७७-१०-०१०-५२१०२७/ ५२०८३८
ईमेल -netrawati@gmail.com



No comments:
Post a Comment