Wednesday, November 9, 2016

राजमार्गमा पशु ढुवानी अनुगमन सुरु

धादिङ-  धादिङको राजमार्गमा पालन र मासुका लागि ल्याइने पशु ढुवानीको अनुगमन सुरु भएको छ । पशु सेवा कार्यालय धादिङका जिल्ला प्रमुख देवेन्द्र भगतले मालवाहक गाडीमा तोकिएको मापदण्डभन्दा धेरै पशु कोचाकोच गरेर राख्ने गरिएकाले अनुगमन थालिएको बताए ।
‘अब राजमार्गमा अनुगमन सुरु गरेका छौं,’ जिल्ला प्रमुख भगतले भने, ‘हरेक साता तराईमा लाग्ने पशु मेला र हाटबजारबाट खरिद गरिएका राँगाभैंसी भोकभोकै रातारात राजधानी ढुवानी गरिँदै आएको छ ।’ अव्यवस्थित ढुवानी प्रक्रियाका कारण पशुको स्वास्थ्य, उत्पादन क्षमता र गुणस्तरीयतामा प्रतिकूल प्रभाव पारेको विज्ञहरूको भनाइ छ । देशका विभिन्न भागबाट ट्रकमा राखेर दुई/तीन दिन लगाएर पशुहरू राजधानी लगिँदा अपनाइने विधि सडक ढुवानी मापदण्डविपरीत भएपछि यसको व्यवस्थापनका लागि सरकारले पहल सुरु गरेको १७ वर्ष भइसकेको छ । पशु सेवा विभागले पशुहरूको सडक तथा पैदल ढुवानी मापदण्ड लागू गरेर संशोधन गरेको पनि नौ वर्ष भएको छ । तर, उक्त मापदण्ड कार्यान्वयन भएको थिएन । 
 ट्राफिक जिल्ला प्रमुख मुरारी मिश्रका अनुसार एउटै गाडीमा ४० देखि ८० वटा राँगाभैंसी ढुवानी गरिँदै आएको छ । ठूलोमा २० र साना ट्रकमा १२ देखि १५ वटा बोक्नुपर्नेमा हो । पशु ढुवानी नियमावली लागू गराउन सरोकारवालालाई जानकारी गराउनुपर्ने ट्राफिक प्रमुख मिश्रले बताए । ‘ढुवानी मापदण्ड के हो र त्यसको उल्लंघन गरे के कस्तो जरिवाना हुन्छ भन्ने जानकारी छैन,’ मिश्रले भने । 
पालन र मासुका लागि पशुुको सडक ढुवानी मापदण्ड १७ वर्षसम्म कागजमै सीमित रहेको थियो । 



त्रिशूली गल्छी सहित १९ आयोजनालाई जलबिद्युत्त उत्पादन अनुमति


धादिङ २५ कात्तिक । बढ्दो बिद्युत्तको मागलाई कम गर्न र लोडसेडिङबाट मुलुकलाई मुक्त राख्न जलबिद्युत्त आयोजनाहरु निर्माण गर्नु पर्ने तर्फ सरोकारवालाहरुको ध्यान जान थालेको छ । लामो समय देखि अनुमतिको प्रतिक्षामा रहेका त्रिशूली गल्छी सहित १९ वटा जलबिद्युत्त आयोजनाहरुको निर्माणका लागि सरकारले अनुमति प्रदान गरेको छ । 

Friday, February 8, 2013

स्वच्छ प्रहरीवाट मात्र अपराध न्युनिकरण सम्भव- खरेल




धादिङ- विभिन्न जिल्लामा रहंदा स्वच्छ छविको प्रहरी प्रमुख भएर ख्याती कमाएका नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरिक्षक रमेश खरेलले शान्ति र सुव्यवस्था जनताको पहिलो अधिकार भएकाले जस्तोसुकै संक्रमणकालिन अवस्थामा पनि प्रहरीले संयमित भएर जनताको सेवा गर्नुपर्ने  बताउनु भएको छ ।  

Monday, February 4, 2013

वालिका बलात्कारको आरोपमा दुई जना पक्राउ


धादिङ, माघ २२ – महिला हिंसा र बलात्कार बिरुद्ध अभियानहरु च्लिरहेका बेला धादिङमा श्रृङखलावद्ध रुपमा वालिका बलात्कारका घटना सार्वजनिक हुन थालेका छन् ।

Sunday, February 3, 2013

धादिङमा स्थायी शिक्षकको दरखास्त फारममा शिक्षा कार्यालयद्वारा ठगी



धादिङ/शिक्षक सेवा आयोगलले स्थायी शिक्षकका लागि लिन लागेको परीक्षाको फारममा जिल्ला शिक्षा कार्यालय धादिङले ठगि गरिरहेको छ ।

स्थायी शिक्षकका लागि आवेदन दिनेहरुले दरखास्त फाराम जहाँ सुकैवाट लिन र भर्न सकिने भने पनि जिल्ला शिक्षा कार्यालय धादिङले जवर्जस्ती रुपमा एक प्रति फारमको ५० रुपैयाँ शुल्क असुलेर ठगि गरिरहेको हो ।

कार्यालयले राजस्व खातामा जम्मा नहुने गरी फारामको शुल्क असुल्ने गरेको दरखास्तवालाहरुले गुनासो गरेका छन । दरखास्तवालाले आफैले आयोगको वेवसाइटबाट डाउनलोड गरेर भरेको फारामलाई शिक्षा कार्यालयले मान्यता नदिएको र फारम किन्न बाध्य पारको उनीहरुको गुनासो छ । 
जिल्ला शिक्षा कार्यालय धादिङले आफैले फायल र फाराम तयार पारेर त्यही फाराम मात्र भर्नुपर्ने वाध्यता वनाएको शिक्षा कार्यालयमा फाराम भर्दै गरेका एक युवाले वताए ।

फारम बुझ्न बसेको शिक्षा कार्यालयका कर्मचारीले भने आफूले माथिको निर्देशन अनुसार नै बाहिरबाट ल्याएको फारम दर्ता गर्न नसक्ने बताए ।  शिक्षा कार्यालयले दिएको फायल वजारमा ५ रुपैयामा किन्न सकिन्छ । त्यसै गरी दुई पाना फोटोकपीको बढीमा  ५ रुपैया पर्दछ । जम्मा १० रुपैयामात्र पर्ने कागजलाई ५० रुपैया लिंदा शिक्षक संघ संगठनले भने कुनै विरोध जनाएका छैनन ।

शिक्षक  सेवा आयोगलेनै सार्वजनिक सूचना जारी गर्दै इन्टरनेटबाट डाउनलोड गरेर फाराम भर्न सकिन्छ भनेकाले शिक्षा कार्यालयले दरखास्तवालालाई कार्यालयवाटै फाराम र फायल किन्न वाध्य पार्न नहुने नेपाल शिक्षक युनियनका केन्द्रिय सदस्य लक्ष्मण शर्माको सुझाव छ ।

जिल्ला शिक्षा कार्यालयका जिम्मेवार कर्मचारीहरु भने जिल्ला शिक्षा समितिको निर्णयवाटै कार्यालयको नगदी रसिद काटेर प्रति फायलको ५० रुपैया लिईएको  भन्दै थप जवाफ दिनवाट पन्छिने गरेका छन ।

जिल्ला शिक्षा कार्यालय धादिङले आईतवा सम्ममा ४५ सय जनाको दरखास्त फाराम बुझिसकेको जनाएको छ । धादिङ जिल्लामा विभिन्न तहका लागि १ सय १२ जना शिक्षकको दरवन्दी रिक्त छ ।

vfhcnbn

vggc