Friday, February 8, 2013

स्वच्छ प्रहरीवाट मात्र अपराध न्युनिकरण सम्भव- खरेल




धादिङ- विभिन्न जिल्लामा रहंदा स्वच्छ छविको प्रहरी प्रमुख भएर ख्याती कमाएका नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरिक्षक रमेश खरेलले शान्ति र सुव्यवस्था जनताको पहिलो अधिकार भएकाले जस्तोसुकै संक्रमणकालिन अवस्थामा पनि प्रहरीले संयमित भएर जनताको सेवा गर्नुपर्ने  बताउनु भएको छ ।  

वागमती अंचल प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारी सम्हालेपछि पहिलो पटक धादिङ आएका वरिष्ठ प्रहरी उपरिक्षक खरेलले शुक्रवार धादिङबेसीमा आयोजित अन्तरक्रिया कार्यक्रममा यस्तो बताउनु भएको हो ।  प्रहरीले जनताको मन जितेर अघि बढेमा मात्र अपराध नियन्त्रणमा सफलता पाउने खरेलको भनाइ छ् ।  
प्रहरी सकृय भएपछि जस्तासुकै अपराधी र तस्करहरु पनि कारवाहीमा पर्ने र त्यसका लागि प्रहरीले कुनै पनि राजनौतिक दल तथा अन्य पक्षको प्रभावमा पर्न नहुने कुरामा जोड दिंदै खरेलले अदालतवाट सजांयको फैसला सुनाईएकाहरु अव  कारवाहीमा परेरै छाड्ने प्रतिबद्धता समेत गर्नु भएको छ ।   कार्यक्रमका सहभागीहरुले धादिङ जिल्लामा पछिल्लो समयमा विभिन्न अपराधिक घटनाहरु बढ्दै गएको, हत्या हिंसामा संलग्न भएकाहरुलाई राजनैतिक संरक्षण हुनेगरेको भन्दै खरेललको ध्यानाकर्षण गराएका थिए । प्रहरी आंफु स्वच्छ भएमा जस्तासुकै समस्या संग पनि जुध्न सक्ने भएकाले आंफुले अंचल प्रमुखको जिम्मेवारी सम्हालेपछि मातहातका प्रहरी कार्यालय प्रमुखहरुलाई भेटेर स्वच्छ ढंगवाट काम गर्न निर्देशन दिएको खरेलले बताउनु भयो ।  अन्तरक्रिया कार्यक्रम अघि खरेलले जिल्ला प्रहरी कार्यालयमा एक कार्यक्रमका बिच  प्रहरी  अधिकारीलाई भेटेर निर्देशन दिनुका साथै जिल्लाका विभिन्न प्रहरी कार्यालयको अनुगमन निरक्षण समेत गर्नु भएको थियो ।  
आफ्नो जिम्मेवारी अर्न्तगत पर्ने वागमती अंचल भित्रका पांचवटै जिल्लाको भ्रमण गरेर जिल्लाको शान्ति सुरक्षा, प्रहरी र आम नागरिक बिचको सम्वन्धका बिषयमा जानकारी लिंदै सम्वन्धित जिल्लाका प्रहरी प्रमुखलाई यस बिषयमा निर्देशन पनि गराई सकिएको खरेलले  जानकारी गराउनु भएको थियो ।   जिल्लाका विभिन्न राजनैतिकदलका प्रतिनिधी,संचारकर्मी,उद्यमी व्यवसायीहरुको उपस्थितीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । 

No comments:

Post a Comment

vfhcnbn

vggc