आउला त राजमार्गमा शुसासन ?
सानुबाबु तिमिल्सिना
देशको विभिन्न भुभागलाई राजधानी काठमाण्डौसँग जोड्ने प्रमुख पृथ्वीराजमार्ग अहिले यतिवेला धेरैको चर्चा र चासोको विषय बनेको छ । दिनहुँ हजारौ यात्रु ओहोर दोहोर गर्ने मार्ग भएर मात्र पनि होइन, राजमार्गमा दैनिक जसो हुने गरेका विभिन्न गतिविधि, विभिन्न खालकाक्रियाकलाप तथा राजमार्गका अवस्थालेराजमार्ग चर्चा र चासोको विषय बनेकोहो । देशकै प्रमुख राजमार्ग, त्यसमाथि पनि त्रिशुली नदि किनाराको राजमार्ग सवारी साधन दुर्घटना हुने हिसावले पनि यो बेला बेलामा चर्चामाआउछ, यसको साथै राजमार्गका होटलहरु रहेको अस्तव्यस्तता, गुणस्तरहीन खानामात्र होइन, चर्को मुल्यका खाना तथा खाजा खुवाउने होटलहरु लगायतका कारण पनि राजमार्गको विषय चर्चामा रहेको छ । यसका साथै त्रिशुली नदि प्रदुषण, अव्यवस्थित बालुवा तथा रोडा ढुंगा उद्योग साथै राजमार्ग नै अतिक्रमण गरि बनाइएका घर तथा टहरा र उद्योगधन्दा लगायतको कारणले पनि राजमार्ग चर्चामा रहेको छ ।
माथिका यी विभिन्न चर्चाका कारण रहेको भएपनि पछिल्लो समयमाधादिङको राजमार्ग क्षेत्र चर्चामा रहनुको मुख्य कारण भने राजमार्ग छेउकाबालुवा तथा रोडाढुंगा उद्योग तथा बालुवा पखालिएको धमिलो पानी सोझैत्रिशुली नदिमा मिसाइनु र राजमार्ग क्षेत्र अतिक्रमण गरि बनाइएका घर टहरालगायत नै मुख्य रहेका छन् । जुन राजमार्ग भएर कतै यात्रा गर्दा तड्कारो रुपमा देखिन्छ, भोगिन्छ । तर यी विषय नयाँ भने होइनन् । राजमार्ग छेउछाउमा खुलेका अव्यवस्थित बालुवा प्रशोधन उद्योगले पनि धेरै मात्रामा समस्या थपेको छ । यस्ता उद्योगहरुलाई व्यवस्थित नगर सम्म समस्या समाधान पनि देखिएको छैन । बर्षैदेखि सञ्चालनमा रहेका बालुवा तथा रोडाढुंगा उद्योग व्यवस्थित गर्ने विषयमा विभिन्न समयमा पहल भएको भएपनि त्यसले ठोस कदम चाल्न नसक्नु, बालुवा पखालिएको पानी सोझै त्रिशुली नदिमा मिसाउँदा त्रिशुली नदि प्रदुषण मात्र नभई जलयात्रामा पनि प्रभाव परेको विषयमा सम्बन्धीत निकाले पटक पटक आवश्यक कार्यक्रम गर्दै आएपछि यसमा नियन्त्रण हुन नसक्नु अनि राजमार्ग नै अतिक्रमण गरी बनाइएका घर तथा टहरा भत्काई राजमार्गलाई निश्चित दायरामा ल्याउने भन्ने पछिल्लो हल्लाका कारण पनि यतिवेला धादिङको राजमार्ग क्षेत्र चर्चामा रहेको छ । पछिल्लो चर्चा अनुसार राजमार्ग क्षेत्रभित्र परेका घर टहराहरु तथा उद्योगधन्दाहरु हटाउने हल्ला पनि पटक पटक चलेको हो । यस अघि पनि यसविषय धेरै पटक उठेपनि काम शुरु भएको छैन । त्यसैगरी त्रिशुली नदीमा बालुवा पखालिएको धमिलो पानी नियन्त्रणको लागि पनि पटक पटक आवाजउठ्दै गर्दा नियन्त्रणका लागि पनि प्रतिबद्धता नभएका होइनन् । केही समयमा अनुगमन पनि भए केही व्यवस्थापन गर्ने कार्य पनि भएका हुन् । तर त्यस्ता कार्यले निरन्तरता पाएको छैन् । यस्ता सार्वजनिक महत्वका विषयमाथि चर्चा परिचर्चा हुँदै गर्दा धेरै पटक जनताले आशा पनि गरेका हुन् यद्यपी अझै पनि गर्दै छन् । यसै विच भरखरै धादिङमा सरुवा भई आउनुभएका प्र मुख जिल्ला अधिकारी वेदप्रसाद खरेललले पनि यस विषयमा आफुले गम्भिर रुपमा लिएको बताउनुभएको छ ।
राजमार्गमा शुसासन ल्याउने विषयमा आफुले आवश्यक पहल गर्ने उहाले प्रतिवद्धता जनाउनुभएको छ । प्रमुख जिल्ला अधिकारी खरेलको प्रतिवद्धता अनुसार काम होस् भन्ने हाम्रो पनि चाहाना हो । तर यहाँ प्रतिवद्धता मात्र भन्दा पनि काम हुनुप¥यो भन्ने स्थानीयको माग हो । हुनत अहिले नै यस विषयमा यस्तो र त्यस्तो, हुन्छ वा हुँदैन लगायतका विषयमा विभिन्न टिका टिप्पणी गर्ने समय त भएको छैन । नागरिकका प्रत्यक्ष सरोकार राख्ने यस्ता विभिन्न समस्याले समाधान पाउने समय त बाँकी छ । जे होस् प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले यस विषयमा आवश्यक पहल गर्ने भनेर प्रतिवद्धता जनाउनुले नै जनतामा आशा पलाएको छ । प्रतिवद्धता सँगै अव काम पनि अगाडि बढ्छ कि भन्ने सबैमा आशा पनि छ । राजमार्गमा हुने विभिन्न अनियमितता मात्र होइन, अव्यवस्था लगायत त्रिशुली नदीमाथी हुँदै आएको अतिक्रमण र ज्यादतीले हाम्रो मात्र नभएर समग्र जिल्लाकै बदमान हुँदै आएको सबैमा सर्बविदितै छ । त्यसकारण यस्ता गम्भिर विषयमा सबैले चासो दिनुपर्छ । सबैले आफ्नो स्थानबाट सुधार गर्न सहयोग पनि गर्नुपर्छ । थोरैमात्र पनि सहयोग र आडभरोसा पाएको खण्डमा सबैले यसमा सहयोग पनि गर्ने नै छन् । त्यसमाथि प्रमुख जिल्ला अधिकारी ज्यूको प्रतिवद्धता नै आइसकेपछि त यस समस्याको समाधान हुने सबैले अपेक्षा गरेका छन् । यसभन्दा अगाडि जेजस्तो अवस्था र परिस्थिति रहेको भएपनि अवका दिनमा भने यसमा सुधार हुँदै सबैले प्रसंसा गर्न लायक हुनेछ भन्ने अपेक्षा पनि थपिएको छ ।