धादिङ, माघ २२ – महिला हिंसा र बलात्कार बिरुद्ध अभियानहरु च्लिरहेका बेला धादिङमा श्रृङखलावद्ध रुपमा वालिका बलात्कारका घटना सार्वजनिक हुन थालेका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङले सोमबार चार बर्षिया र सात बर्षिया दुई वालिका वलात्कार गरेको आरोप लागेका दुईजनालाई सार्वजनिक गरेको छ । प्रहरीले गजुरी बस्ने ४५ बर्षिय सुव्वा मिजार र मैदी गाविस १ बस्ने ६० बर्षिय चन्द्रबहादुर बिकलाई प्रहरीले सार्वजनिक गरेको हो ।
सुव्वालाई माघ २० गते गजुरी गाविस ५ मा ४ बर्षिया वालिकालाई करणी गरेको आरोप लागेको छ भने चन्द्रवहादुरलाई माघ २१ गते ७ बर्षिया वालिका वलात्कार गरेको आरोप लागेको छ ।
घटना भएलगत्तै स्थानीयवासी र प्रहरीको सक्रियतामा माघ २० गते पक्राउ परेका सुव्वालाई आईतवार र माघ २१ गते पक्राउ परेका चन्द्रवहादुरलाई सोमवार जिल्ला अदालत धादिङले अनुसन्धानका लागि सात दिनको म्याद दिएको धादिङका प्रहरी नायव उपरिक्षक विकास राज खनालले बताउनुभयो ।
गत पुस २० गते मैदीको छापथोकमा नातिनी नाता पर्ने आठ बर्षिया वालिकालाई वलात्कार गरेको अरोपमा पक्राउ परेका ६५ बर्षिय साने सार्की र पुस २१ गते जिल्लाकै नौविसेमा वर्ष ९ की एक बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका १६ बर्षिय दिपेश राई अहिले पुर्पक्षका लागि थुनामा छन् ।




No comments:
Post a Comment