Saturday, December 18, 2010
बालकुमारी सामुदायिक बनको साधारण सभा
बैरेनी /बैरेनी गाउं विकास समितिको वडा नम्वर ८ मा रहेको बालकुमारी सामुदायिक वन उपभोक्ता समुहको चौथो बार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । सामुदायिक बन उपभोक्ता महासंघ जिल्ला शाखा धादिङका उपाध्यक्ष सीता खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभाले चन्द्रप्रसाद खतिवडाको अध्यक्षतामा १३ सदस्यिय कार्य समितिको चयन गरेको छ । कार्य समितिको उपाध्यक्षमा जयराम खतिवडा ,सचिवमा पुष्पराज रिमाल , सह सचिवमा साम्मराज खतिवडा र कोषाध्यक्षमा मोदनाथ खतिवडा चयन हुनुभएको छ । बैरेनी गाविसको वडा नम्वर ८ गल्छिमा सम्पन्न साधारण सभामा समुहका कोषाध्यक्ष मोदनाथ खतिवडाले ५४ हजार २ सय ३० रुपैयाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । एक सय ४४ घर धुरी उपभोक्ता सदस्य रहेको सामुदायिक वनको साधारण सभामा एक सय ६ जनाको उपस्थिती रहेको थियो।
Subscribe to:
Post Comments (Atom)



No comments:
Post a Comment