Monday, December 27, 2010

पति बेपत्ता श्रीमतीको बिजोग

विवाह भएको तीन वर्षपछि श्रीमान वेपत्ता होलान् भन्ने उनले सोचेकि पनि थिइनन् । वि।स २०६३ फागुन १५ गते सामाजिक बन्धन चिर्दै रातमाटा चरिपानीका दिलिप मगरसँग अन्तरजातीय विवाह गरेको यो जोडी समामजमा उदाहरणीय बनेका थिए ।
तर प्रेम विवाह भएको तीन वर्ष नबित्दै पतिले नै छोडेर वेपत्ता भएपछि आशा बिचल्लीमा परेकि छिन् । उनी न्यायको लागि पहल गरिदिन महिला अधिकारकर्मी र साचारकमीहरुसँग गुहार मागिरहेकी छिन् । अन्तरजातीय विवाह गरेपछि समाजले अस्वीकार गरेपछि उनीहरुलाई समाजले भात पानीमा बाहिस्कार गरेपनि त्यसको सामना गरी दिलिपले उनलाई छुट्यार राखेका थिए । विगत दुई वर्षदेखि उनीहरु दुबै छुट्टै बस्दै आएका थिए । आशासंग अहिले ३ वर्षकी छोरी चमेली पनि संगै रहेकिआशाले धादिङ अवाजलाई बताईन् । परिवारबाट छुट्यार घरको गोठमा राखेर दिलिप परिवारको लागि दुई चार पैसा कमाउन भन्दै मलेसिया हिडेको २ वर्ष भइसक्दा पनि केहि हालखवर नपाएको आशाले बताइन् । कमाउन गएको श्रीमान्ले पनि नहेर्ने सासुससुराले सानो जात भएर ठुलो जातसँग विवाह गर्न हुदैन भन्ने जानेको छ्रैनस् भन्दै लखेटे पछि आशा काखे छोरी बोकेर माइतीघरमा आश्रय लिइरहेकि छिन् । उहाँले दलितको हितको लागि काम गर्दै आएको दलित समुन्वय समिति समक्ष पतिलाई झिकाएर पाउनुपर्नै हक लिन पाउन आग्रह गर्ने भएको समितिका अध्यक्ष ज्ञानु परिवाले बताउनु भयो । तीन वर्ष भएकी छोरीको लालनपालन र लेखपढ गराउन मैले माईमै बसेर सक्नु पीडित आशाले भन्नु भयो ु छोरीको जन्मदर्ता पनि बनेको छैन भने हाम्रो विवाह दर्ता पनि भएको छैन श्रीमानको नाताले मैले र छोरीले पाउनुपर्ने अधिकारको लागि पहल गरिदिन सहयोग चाहिएको छ । ु जिल्लाका हाल सम्म आशाले जस्तै ७ जोडीले अन्तरजातीय विवाह गरी जिल्ला प्रशासन कार्यालय धादिङबाट श्रीमान र श्रीमतीको नाता कायम गरी प्रमाण पत्र लिएको कार्यालयले जनाएको छ । गाउँमा अन्तरजातीय विवाह गरेको कारण अन्य अनगिन्ती जोडीहरु घरपरिवार र समाजबाट अपहेलित भएर गाउँनै छोडेर काठमाण्डौचिलवननारायणघाट लगाएको स्थानमा गोहि बसोवास गर्दै आएका छन् ।

No comments:

Post a Comment

vfhcnbn

vggc