Monday, December 27, 2010

द्वन्द पीडीतले क्षतिपुर्ती मागे

धादिङ / तत्कालिन शशस्त्र द्धन्द्धका बेला बिद्रोही माओवादी समुहलाई सहयोग गरेको आरोपमा सेनाद्धारा १५ महिना सम्म नियन्त्रणमा लिईएको सवारी साधनको अहिले सम्म क्षतिपुर्ति नपाएको भन्दै पिडित पक्षले गुनासो गरेका छन ।
तत्कालिन बिद्रोही माओबादी समुहलाई हतियार र खाद्यान्न बोकेर सहयोग गरेको आरोप लगाउंदै नेपाली सेनाले २०५८ सालमा जिल्लाको त्रिपुरेश्वर गाविस वडा नम्वर ४ खहरेका देवराज धरेल लगायतको निजी सवारी साधन १५ महिना सम्म्ा नियन्त्रणमा लिएको पिडितहरुले बताएका छन । द्धन्द्धका बेला राज्य र गैर राज्य पक्षबाट पिडित बनाईएकाहरुलाई सरकारले क्षतिपुर्ति दिने बताएको भए पनि अहिले सम्म केहि नदिएको भन्दै पिडितहरुले क्षतिपुर्ति रकम नपाए आन्दोलनमा उत्रने चेतावनी समेत दिएका छन् । एक हप्ता भित्रमा आंफुहरुले क्षतिपुर्ति नपाए जिल्लाको उत्तरी क्षेत्रमा चल्ने सवारी साधन चल्न रोक लगाएर आन्दोलनमा उत्रने द्धन्द्ध पिडित समुहका अध्यक्ष देवराज धरेलले बताउनुभयो ।

No comments:

Post a Comment

vfhcnbn

vggc