धादिङ /विश्व व्यापी समस्याका रुपमा देखापरेको जलवायु परिवर्तनको असर अवस्था र न्युनिकरणका बारेमा जिल्ल्ाा तहमा जानकारी दिने उद्धेश्यले जिल्ला स्तरिय अन्तरकि्रया शुक्रबार धादिङबेसीमा सम्पन्न भएको छ ।
रिम्स नेपालद्धारा धादिङमा संचालित स्थानीय अनुकुलन योजना कार्यक्रमको आयोजनामा भएको अन्तरकि्रया कार्यक्रम रिम्स नेपालका उपाध्यक्ष हरीराम लोहनीको अध्यक्षतामा सम्पन्न भएको हो । डि।एफ।आइ।डि र सि।ए।डि।पि। एन।sाे सहयोगमा भएको अन्तरकि्रया कार्यक्रममा धादिङका स्थानीय बिकास अधिकारी शंकर नेपालको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा जलवायु परिवर्तनको के हो यसको असर र न्युनिकरण कसरि गर्न सकिन्छ लगायतका विषयमा छलफल गरिएको थियो । कार्यक्रममा रिम्स नेपालका कार्यकारी अधिकृत कल्याण गौली स्थानीय अनुकुलन योजना कार्यक्रमका संयोजक श्रीकुमार महर्जन जलवायु परिवर्तन अधिकृत रामवहादुर मिजारले जलवायु परिवर्तन न्युनिकरण र अनुकुलनका वारेमा स्थानीय तह देखि अन्तर्राष्ट्रिय तह सम्मको प्रयासहरुका वारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा जिल्ला भु संरक्षण कार्यालयका प्रमुख कृष्णप्रसाद घिमिरे ,सहायक बन अधिकृत कृष्णप्रसाद अधिकारी ,जिल्ला कृषि विकास कार्यालयका बागबानी विकास अधिकृत रामचन्द्र मिश्र लगायतले जलवायु परिवर्तनले कृषि तथा बन क्षेत्रमा पारिरहेको असरका बारेमा बताउनुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव भक्तबहादुर लामाका साथै संचारकर्मि गैर सरकारी संस्थाका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा जलवायु परिवर्तनवाट हुने असर अनुकुलनका लागि जिल्ला तहमा कृषि वन उद्योग तथा वातावरण समितिलाई पूर्णता दिई कृयाशिल वनाउने निर्णय समेत भएको रिम्स नेपालले जनाएको छ



No comments:
Post a Comment