Wednesday, January 19, 2011

हिमपातले लापावासी प्रभावित

लापा /जिल्लाकॊ लापा गाउं विकास समितिमा हिमपातका कारण तीन दिन देखि जनजिवन प्रभावित भएको छ । बाक्लो हिउंका कारण मानिसहरु घरबाट बाहिर निस्कन नसक्दा तीन दिन देखि गाई बस्तुलाई घांस खुवाउन समेत नसकिएको स्थानीयवासीले वताएका छन ।


३ गते परेको असिनाले लापा गाविसको वडा नम्वर ३ नेवेर गाँउमा जौ गहुंतोरी लगायतका बालीनाली क्षति हुनुका साथै सोहि दिन परेको अढाई फुट बाक्लो हिउंका कारण सर्वसाधारण घर वाहिर निस्कन समेत नसक्दा मानिस र वस्तुभाउ दुवैलाई खानेकुराको समस्या शुरु भएको लापा गाविस वडा नम्वर ३ नेवेर गाउंका रिक्क तामाङले वताउनुभयो ।

No comments:

Post a Comment

vfhcnbn

vggc