Wednesday, January 19, 2011

खानेपानीको ट्याङकी निर्माण कार्य सम्पन्न

सल्यानकोट /सल्यानकोट गाउं विकास समितिको वडा नम्वर ९ निबुवावोटमा खानेपानीको ट्याङकी निर्माण कार्य सम्पन्न भएको छ ।
सल्ष्यानकोट गाविसको १४ हजार नगद र  आंखुखोला जलबिद्युत्त आयोजनाको निर्माण सामाग्री सहयोग र स्थानीयवासीको जनश्रमदान समेत गरी ६० हजारको लागतमा निर्माण कार्य सम्पन्न भएको खानेपानी ट्याङकीको स्थानीय मिर्मिरे युवा क्लवका सल्लाहकार देवराज मास्कीमगरले हिजो एक कार्यक्रमका बिच उदघाटन गर्नुभएको थियो । क्लवका अध्यक्ष दुर्गाबहादुर लामीछानेको अध्यक्षतामा उदघाटन कार्यक्रम सम्पन्न भएको हो । नवनिर्मित खानेपानी ट्याङकीबाट २५  घर परिवारलाई  खानेपानी सुविधा पुगेको सल्यानकोटवाट किरण मास्कीमगरले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

vfhcnbn

vggc