लक्ष्मण भण्डारी,कृषक, धादिङ
म पेसाले तरकारी व्यवसायी हुँ । यो व्यवसाय सुरु गरेको झन्डै १५ वर्ष भयो । यही व्यवसायबाट घरपरिवारको रोजीरोटी चलेको छ । आजसम्म मेहनत तथा अथक परिश्रमलाई यही व्यवसायमा समर्पित गर्दै आएको छ । आगामी दिनमा यही व्यवसायसँगै बाख्रापालन गर्ने मेरो योजना छ । तरकारी व्यवसाय सुरुवातका बेला यहाँबाट सोचेभन्दा धेरै प्रतिफल पाउन सकिन्थ्यो । अहिले त्यस्तो अवस्था रहेन । त्यसैले मैले बाख्रापालन गर्ने योजना बनाएको हुँ ।
मेरो विचारमा तरकारी व्यवसाय र बाख्रापालन आपसमा अन्तरनिहित छन् । त्यसैलाई मध्यनजर गर्दै मैले यी दुई व्यवसायलाई सँगसँगै लैजाने सोचेको छु । राजधानीको नजिक भएकोले अन्य पेसाभन्दा तरकारी व्यवसाय उत्तमजस्तो लाग्यो र यहीबाटै आत्मनिर्भर हुन सिकें तर तरकारीको उचित मूल्य पाउन नसकेकाले बाख्रापालन राम्रो विकल्प बनेको छ । यो मेरोमात्रै निर्णय होइन, अहिलेसम्म तरकारी व्यवसाय अँगाल्दै आएका अधिकांश कृषकले तरकारी खेती छाडेर बाख्रापालन रोजेका छन् । यो वस्तीका अधिकांश बासिन्दा अहिलेसम्म तरकारीबाटै आत्मनिर्भर बन्दै आएका छन् ।
तरकारीमा जस्तो बाख्रामा धेरै कमिसन खान मिल्दैन । सदियौंदेखि गर्दै आएको तरकारी खेतीलाई त्यत्तिकै छाड्न नसकिने भएकाले केही अंशमा यसलाई पनि निरन्तरता दिने सोच छ । बाख्रापालनबाट आवश्यक मलको जोहो गर्न सकिने भएकाले यसबाट तरकारी व्यवसायलाई पनि फाइदा पुग्छ ।
पारिवारिक आर्थिक अवस्था दैनिकजसो दयनीय बन्दै गएपछि मैले यो पेसा अपनाएको थिएँ । अहिले यही व्यवासयबाट म स्थानीय स्तरमा सफल कृषकको रूपमा चिनिएको छु । आफ्नै दुई रोपनी खेतबाट सुरु गरे पनि केही समय ७ रोपनी जग्गा भाडामा लिएर चलाएको थिएँ । तर, पछिल्ला केही वर्षयता मजस्ता किसानलाई होलसेल व्यापारीले धेरै अन्यायमा पारेका छन् । यसबाट आजित भएर मलगायत धेरै किसानले बाख्रापालनलाई सँगसँगै लैजाने विचार बनाएका हौं । मलाइ लाग्छ– मेरो योजनाले यहाँको वस्तीलाई नै प्रभाव पार्छ ।
आगामी दिनमा मैले योभन्दा धेरै ठूलो तरकारी व्यवसायीका रूपमा स्थापित हुने तथा गाउँका धेरै युवालाई यसतर्फ आकर्षत गर्दै लैजाने सोच बनाएको छु ।
प्रस्तुति ः मन्दिरा घिमिरे

No comments:
Post a Comment