Friday, February 4, 2011

नेकपा एमाले ज्यामरुङको अध्यक्षमा खुखमलाल

ज्यामरुङ /नेकपा एमाले ज्यामरुङ गाउं कमिटीको तेश्रो गाउं अधिबेशन शुक्रबार ज्यामरुङ गाउं विकास समितिको वडा नम्बर २ थापागाउंमा सम्पन्न भएको छ ।
गाउं अधिबेशन आयोजक कमिटीका संयोजक दलबहादुर लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले धादिङका अध्यक्ष गुरुप्रसाद बुर्लाकोटीको प्रमुख आतिथ्य रहेको थियो । अधिबेशनलाई जिल्ला अध्यक्ष गुरुप्रसाद बुर्लाकोटी नेकपा एमाले धादिङका सदस्यहरु रामप्रसाद अधिकारी हरीप्रसाद अधिकारी तथा युवा संघ धादिङका अध्यक्ष अर्जुन श्रेष्ठ लगायतले सम्बोधन गर्नुभएको थियो । अधिबेशनले खुखमलाल उप्रेतीको अध्यक्षतामा २१ सदस्यिय गाउं कमिटीको गठन गरेको छ । कमिटीको उपाध्यक्षमा डम्बर अधिकारी सचिवमा माधब गुरुङ र उप सचिवमा राजाराम पाठक चयन हुनुभएको नेकपा एमाले धादिङले जनाएको छ ।

No comments:

Post a Comment

vfhcnbn

vggc