काठमाडौ/ एक पटक मुआब्जा दिइसकेको कलंकी-नागढुंगा सडक खण्डमा स्थानीयवासीले सरकारबाट फेरि मुआब्जा माग गरेपछि सरकारले उक्त सडकको सट्टामा सितापाइला-धार्के सडकखण्डलाई प्राथमिकता दिने भएको छ।सरकारले दुई लेनको कलंकी-नागढुङ्गा सडक खण्डलाई विस्तार गरी चार लेन बनाउने क्रममा कलंकी-नागढुङ्गाका स्थानीय सरकारबाट पाच अर्व रुपैया बराबरको मुआब्जा माग गरेपछि सरकारले सितापाइला सडकलाई प्राथमिकता दिने भएको भौतिक योजना तथा निर्माण मन्त्रालयले बताएको छ।
सोल्टी मोडदेखि कलंकीसम्म एक दशमलव २५ किलोमिटर र कलंकीदेखि नागढुङ्गासम्म नौ दशमलव एक किलोमिटर रहेको यो सडक निर्माणका क्रममा स्थानीय मुआब्जा माग गरी काममा अवरोध उत्पन्न गरेपछि मन्त्रालयले यो निर्णय गर्न लागेको हो।
मन्त्रालयका अनुसार सडक विभागले सडक विस्तार गर्नु पूर्व नै त्यहाका स्थानीयलाई सार्वजनिक सुचना नै जारी गरी एक चौथाई भन्दा बढी रकम मुआब्जा वितरण गरिसकेको थियो। साथै सरकारले ०३४ सालमै सडकको केन्द्रबाट २५/२५ मिटर दायाबाया 'राइट अफ वे'कायम गरिसकेको स्थानीय त्यसमा पनि मुआब्जा माग गरेपछि समस्या भएको हो। जबकी सरकारको निति अनुसार सरकारले कुनै पनि राजमार्गमा मुआबजाको व्यवस्था नगरेको मन्त्रालयको दावी छ।'यही सडकको लागि त बजेट नभइरहेको बेला मुआब्जा दिने हैसियत सरकारको छैन', स्रोतले भने,'त्यसैले सरकारले उक्त रकम नया सडक विकासमा खर्चने सोच बनाएको छ।उनका अनुसार दुई लेन सहित जम्मा २५ किलोमिटर सडक रहेको सितापाइला-धार्के सडक खण्डमा अहिले त्यहाको जिल्ला विकास समितिले बाटो खन्ने काम सुरु गरिरहेको छ।मन्त्रालयका अनुसार मन्त्रालयले उक्त सितापाइला-धार्के सडक कलंकी-नागढुङ्गा सडकको विकल्पमा निर्माण गर्न लागेको थियो।
'साधुरो सडकका कारण कंलकीमा जाम भयो भनेर त्यसको विकल्पमा यो सडक निर्माण गर्न लागेका थियोै', मन्त्रालय स्रोतले भन्यो,'विस्तारका क्रममा त्यहाका स्थानीयले मुआब्जाको कारण अवरोध खडा गरेपछि यसैलाई प्राथमिकता दिन लागेका छौ'। यो सडक हालमा मात्र प्राथमिकतामा परेको यो सडकबारे विस्तृत अध्ययन हुनै बाकी रहेकोले यसको कुल लागतबारे तत्काल भन्न नसकिने स्रोत बताउछ। भन्छन्,' यति बुझौ कि अहिले मन्त्रालयले उक्त बाटो निर्माणका लागि साउदी अरबसित सहयोग मागिरहेको छ'।
पृथ्वीराजमार्ग अन्तगर्त पर्ने सितापाइला-धार्के सडक निर्माणको क्रममा सरकारले हाल पुल बनाउने काम समेत सुचारु गरिरहेको छ।
'सोचे अनुरुपको लगानी आएमा त्यसमा सुरुङ्गमार्ग बनाउने समेत योजना बनाएका छौ', उनले नागरिकसित भने,'पुरानोलाई बढी पैसा खर्चनु भन्दा नया सडकलाई नया तरीकाले विकास गर्नु उचित सम्झेर यो निर्णय गर्न लागेको हो'।
स्रोतका अनुसार कलंकी-नागढुङ्गा सडक विस्तार गर्ने क्रममा सरकारले ०६४ सालमा दुईलेनको कंलकी सडकलाई विस्तार गरी चार लेन बनाउन करिब ६९ करोड रुपैया विनियोजन समेत गरेको थियो।
'विनियोजित रकममध्य हालसम्म करिब साढे २२ लाख रुपैया विकास निर्माणको क्रममा खर्च भैसकेको छ', कलंकी-नागढुङ्गा सडक सुधार आयोजना प्रमुख शोभाकर खनालले भने,'यस्तो अवस्थामा सरकारले यो सडकलाई प्राथमिकता नदिनु जनताकै बेफाइदा हो'।
उनका अनुसार दैनिक हजारौको संख्यामा सवारी आवागमन हुने कलंकी नागढुङ्गा सडक अन्तर्गतको यो सडकको हाल २५ प्रतिशत भन्दा बढीको काम सकिसकेको छ।
दुई लेन सडकसहित सडक केन्द्रबाट जम्मा सात सात मिटर चौडा यो सडक विस्तार पश्चात्त ११/११ मिटर चौडा बनाउने आयोजनाको लक्ष्य छ।
'हाम्रो योजना भनेको यो सडकलाई ११/११ मिटर चौडा बनाउने हो', आयोजना प्रमुख भन्छन्,'तर त्यहाका कतिपय जनताले सडकको महत्व नबुझिदिदा काम गर्न समस्या भएको छ'। अहिले पनि जनताले उक्त सडक विस्तार गर्न विना मुआब्जा सरकारले तोकेको जग्गा गराइदिए उक्त आयोजनालाई अति शिघ्र सम्मपन्न गर्ने लक्ष्य राखेको उनले बताए।
'जग्गा नपाउनाले नै काम गर्न समस्या भएको हो, जग्गा हुनासाथ काम पनि चाडै सम्पन्न हुन्छ'।
आयोजना प्रमुख खनालका अनुसार सोल्टीदेखि कलंकी अन्तर्गतको एक दशमलव २५किलोमिटर र कलंकीदेखि नागढुङ्गासम्म नौ दशमलव एक किलोमिटर निर्माणका क्रममा आयोजनाले हालसम्म कलंकी-सितापाईला खण्डमा शुन्य दशमलव ७१ किलोमिटर, बल्खु-कलंकीको लागि शुन्य दशमलब ४९ कलोमिटर र कंलकी नागढुङ्गा सडकमा शुन्य दशमलब ९५ किलोसमटर सडक कालोपत्रे गर्नुका साथै शुन्य दशमलब ६७ किलोमिटर सडक विस्तार गरिसकेको बताएको छ।
'त्यहाकै सुविधा र ट्राफिक व्यवस्थापनको लागि सरकारले उक्त सडकलाई प्राथमिकताका साथ अगाडी लगेको थियो', आयोजना प्रमुख खनालले नागरिकसित भने,'स्थानीयले यसलाई प्राथमिकता नदिएपछि सरकारले आफ्नो बजेट अनुसार काम गर्नु ठिकै हो'।
आयोजना अगाडि बढाउने क्रममा उक्त क्षेत्रका कतिपयले स्थानीयले आयोजनालाई बुझेर र सडकको महत्व बुझेर जग्गा उपलब्ध गराइदिएको समेत बताउदै उनले भने,' अहिले पनि स्थानीयले साथ दिने हो भने यो सडक विस्तार गर्न समस्या छैन'। (नागरिक दैनिक २० माघ २०६७ )



No comments:
Post a Comment