केवलपुर/स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्र्तगत केवलपुर गाउं विकास समितिमा सामुदायिक परिचालन सम्वन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
दलित सेवा संघ जिल्ला शाखा धादिङको आयोजनामा भएको कार्यक्रममा ४५ जनाको सहभागिता रहेको थियो । एकिकृत नेकपा माओवादीका मैना पण्डित,नेकपा एमालेका नवराज िबंडारी, ताम्सालिङ राष्ट्रिय दलका सेते तामाङ र केवलपुर गाविसका सचिव पुष्पलाल ठाकुरको उपस्थिती रहेको कार्यक्रममा दलित सेवा संघ धादिङका अध्यक्ष श्याम मंग्रातीले बिषयवस्तुका बारेमा जानकारी गराउनुभएको थियो ।



No comments:
Post a Comment