ज्यामरुङ /ज्यामरुङ गाउं विकास समितिको वडा नम्बर ९ मा रहेको चन्द्रकाली सामुदायिक बन उपभोक्त्ाा समुहको दोश्रो बार्षिक भेला शनिबार सम्पन्न भएको छ ।
समुहका अध्यक्ष बिरबहादुर गुरुङको अध्यक्षतामा भएको साधारण सभाको प्रमुख अतिथी ठाडोलोसे सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष भक्तबहादुर रिजाल रहनुभएको थियो । समुहका ९० घर धुरी उपभोक्ताहरुको उपस्थिती रहेको साधारण सभामा समितिका सचिव पिताम्बर धमलाले बार्षिक प्रतिबेदन र कोषाध्यक्ष लालप्रसाद धमलाले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । साधारण सभाले पुन बिरबहादुर गुरुङको अध्यक्षतामा ११ सदस्यिय उपभोक्ता समुह कार्य समितिको चयन गरेको छ । साधारण सभाबाट कार्य समितिमा चयनहुनेहरुमा उपाध्यक्ष रामबहादुर भट्ट,सचिवमा पिताम्बर धमला र कोषाध्यक्षमा लालप्रसाद धमला रहनुभएको छ । यसै गरी साधारण सभाले चार सदस्यिय सल्लाहकार समितिको पनि चयन गरेको छ ।



No comments:
Post a Comment