Saturday, February 5, 2011

काफलपानीमा सामुदायिक नस्रंरीको स्थापना

मैदी/ स्थानीय स्तरमा विभिन्न प्रजातीका डालेघाँसफलफुल तथा तरकारीको बिरुवाहरु उत्पादन गर्ने उद्धेश्यले मैदी गाउं विकास समितिको वडा नम्बर ४ काफलपानीमा सामुदायिक नस्रंरीको स्थापना गरिएको छ । जगतज्योती सामुदायिक विकास समाज  जेर्डस नेपालको सहयोगमा मैदी गाविसको वडा नम्बर ४ काफलपानीमा रहेको मिलन सामुदायिक संस्थाले सामुदायिक बहुउद्धेश्यिय सदबहार नस्ररीको स्थापना गरेको हो ।
सामुदायिक नस्ररीमा विभिन्न प्रजातीका डालेघाँसफलफुल तथा तरकारीको बिरुवाहरु उत्पादन गरिने वताईएको छ । नस्ररी स्थापना संगै नस्ररी व्यवस्थापनका लागि आज स्थानीयबासिन्दाहरुलाई हिउंदे नस्ररी व्यवस्थापन सम्वन्धि तालिम समेत दिईएको छ ।  साुमदायिक नस्ररीमा उत्पादित नस्ररी बिरुवाहरु मैदी गाविसका सबै गाउं टोलका साथै माग अनुसार जिल्ला र जिल्ला बाहिर पनि वितरण गरिने जेर्डस नेपालले जनाएको मैदीबाट मनकुमारी श्रेष्ठले जानकारी दिनुभयो ।

No comments:

Post a Comment

vfhcnbn

vggc