Saturday, February 5, 2011

नेकपा एमाले धादिङ त्रिपुरेश्वर -काठमाण्डौ सम्पर्क मन्च

काठमाण्डौ /धादिङ जिल्ल्ााको त्रिपुरेश्वर गाउं विकास समितिबाट विभिन्न कामका लागि काठमाण्डौमा बस्दै आईरहेको नेकपा एमाले समर्थितहरुको भेला सम्पन्न भएको छ । 
नेकपा एमाले त्रिपुरेश्वर गाउं पार्टी कमिटीका अध्यक्ष गोपि पाण्डेको अध्यक्षतामा काठमाण्डौको नयांवजारमा शुक्रबार  सम्पन्न भएको भेलाले नेकपा एमाले धादिङ त्रिपुरेश्वर -काठमाण्डौ सम्पर्क मन्चको पुर्नगठन गरेको छ । नेकपा एमाले धादिङका सचिवालय सदस्य खेम लोहनीको प्रमुख आतिथ्य र जिल्ला सदस्य उमेश थापाको बिशेष आतिथ्य रहेको भेलाले रामकृष्ण थापाको अध्यक्षतामा १५ सदस्यिय नेकपा एमाले धादिङ त्रिपुरेश्वर -काठमाण्डौ सम्पर्क मन्चको पुर्नगठन गरेको हो । पुर्न गठित मन्चको उपाध्यक्षमा रामचन्द्र अधिकारी ,सचिवमा सुमन थापा र कोषध्यक्षमा बाबुराम अधिकारी चयन हुनुभएको छ ।

No comments:

Post a Comment

vfhcnbn

vggc