दर्बुङ /धादिङ र गोरखा जिल्ल्ाामा रहेर पत्रकारिता गरिरहेका सात जना पत्रकार सम्मानित भएका छन । गोरखा जिल्लाको दर्बुङटारमा रहेको रत्नेश्वर क्याम्पसको प्रथम बार्षिकोत्सव तथा रत्नेश्वर उच्च माध्यमिक बिद्यालयको ३५ औं बार्षिकोत्सवको समापनको अवसर पारेर धादिङ र गोरखा जिल्लाका सात जना पत्रकारलाई बिहिवार सम्मान गरिएको हो ।
पत्रकारिताको माध्यमबाट ग्रामीण भेगको शैक्षिक तथा सामाजिक उत्थ्ाानका निम्ति उल्लेखनिय योगदान पुर् याएको भन्दै अन्नपूर्ण पोष्ट दैनिकका धादिङ समाचारदाता केशव अधिकारी रेडियो नेपाल र इमेज टेलिभिजनका धादिङ समाचारदाता नवराज छत्कुलीकान्तिपुर टेलिभिजनका धादिङ समाचारदाता पोषनाथ अधिकारीलाई क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष यमदत्त दुवाडी र क्याम्पसका प्रमुख कृष्णप्रसाद खनालले दोसल्ला ओढाएर सम्म्ाान गर्नुभएको हो । यसै गरि रेडियो गोरखाका स्टेशन म्यानेजर किशोरजंग थापा एभिन्युज टेलिभजनका गोरखा समाचारदाता कैलाशबाबु श्रेष्ठ अन्नपूर्ण पोष्टका गोरखा समाचारदाता शिवप्रसाद उप्रेती र दरौदी दैनिक गोरखाका बिनोद ढकाललाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । सम्म्ाानित भएका पत्रकारहरुलाई दोसल्ला ओढाउनुका साथै नेपाली ढाका टोपी लगाईदिनुका साथै प्रशसा पत्र समेत प्रदान गरिएको थियो ।



No comments:
Post a Comment