दर्बुङ /गोरखा जिल्लाको दर्बुङ गाउं विकास समितिको वडा नम्बर ६ दर्बुङटारमा रहेको रत्नेश्वर शिक्षा क्याम्पसको प्रथम बार्षिकोत्सव तथा रत्नेश्वर उच्च्ा माविको ३५ औं बार्षिकोत्सव कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । गोरखा जिल्लाका संविधान सभासद माया चेपाङको प्रमुख आतिथ्य र बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष यमदत्त दुवाडीको अध्यक्षतामा बार्षिकोत्सव समापन कार्यक्रम सम्पन्न भएको हो । समापन कार्यक्रममा बिद्यालयलाई चन्दा तथा जग्गादान दिएर सहयोग गर्नुहुने स्थानीय समाजसेवी ध्रुव्र खनाल नवराज खनालयुक्तिनाथ खनाल मुक्तकुमारी खनाल यमकुमारी खनाल भवनाथ खनाललाई प्रमुख अतिथीबाट कदर पत्र प्रदान गर्नुका साथै दोसल्ला ओढाएर सम्म्ाान गरिएको थियो । यसे गरी कार्यक्रममा ०४६ साल देखि बिद्यालयको सहायक प्रधानाध्यापकका रुपमा काम गर्दै आईरहनुभएका प्रकाशबाबु खनाललाई बिद्यालयबाट बिदाई गरिएको थियो । उमेरका कारण सेवाबाट बिदा लिनुभएका खनाललाई बार्षिकोत्सवको समापनको अवसरमा बिद्यालयले भव्य कार्यक्रमका विच बिदाई गरेको हो । २०३१ सालमा चार जना बिद्यार्थीबाट शुरु गरिएको रत्नेश्वर बिद्यालयले २०३३ सालमा प्राथमिक बिद्यालयको औपचारिक स्विकृति पाएको थियो । २०५१ सालमा पहिलो पटक टेस्ट परिक्षामा बिद्यालयले सहभागिता जनाएको बिद्यालयका प्राचार्य कृष्णप्रसाद खनालले वताउनुभयो । गाउं नजिकै उच्च्ा शिक्षा अध्ययनका लागि अर्को बिद्यालय नरहेका कारण समुदायले ऋण खोजेर गाउंमै उच्च मावि र स्नातक तह सम्मको पढाई हुने क्याम्पस स्थापना गरि संचालनमा ल्याउनु परेको प्राचार्य खनालले जानकारी दिनुभयो । कुल सात सय २८ जना बिद्यार्थी रहेको यस बिद्यालयमा धादिङ जिल्ल्ााका मात्र दुई सय ५० जना बिद्यालय तहमा र ५० जना उच्च माविमा अध्ययनरत रहेको बिद्यालयले जनाएको छ । बिद्यालय तथा क्याम्पस संचालनका लागि बार्षिक १२ लाख रुपैया निजी श्रोतबाट संकलन गर्नुपर्ने बाध्यता रहेको भएपनि दुर्गममा रहेका कारण सरकारी तथा गैर सरकारी निकायको सहयोग पाउन नसकेको गुनासो स्थानीय अभिावकहरुको रहेको दर्बुङटारबाट पत्रकार केपिकिरण शर्मा खनालले जानकारी दिनुभयो ।



No comments:
Post a Comment