नुवाकोट /नुवाकोट जिल्लाको भाल्चे किम्ताड,सालमे,बस्रु्रनचेत लगायतका बिकटका गाउं विकास समितिमा पालिएका भेडाबाट उत्पादित २० टन भन्दा बढी ऊन बिक्री नहुदा किसानहरु मर्कामा परेका छन् ।
गाउँमै ऊनको प्रसोधन गरेर राडि पाखि र बख्खु बुन्ने चलन भएपनि अहिले गाउंबाट युवा पलाएन बढेपछि यस्ता घरेलु ऊद्योग समेत बन्द भएको भेडापालन समुहका अध्यक्ष कलिन घलेले वताउनुभयो । तिन बर्ष अघि सम्म धादिडका व्यापारिहरुले किलोको ५० /६० रुपैया सम्ममा गाउंबाटै उन किनेर किनेर ल्याउने गरेको भएपनि पछिल्लो समयमा ऊन किन्न व्यापारीहरु गाउं नआएपछि ् किसानहरु घरमा उन थुपारेर बस्न वाध्य हुनुपरेको भेडापालक किसान मानिसंह तमाडले जानकारी दिनुभयो ।



No comments:
Post a Comment