किरान्चोक /नेपाल तरुण दल किरान्चोक गाउँ कार्य समिति चौथो गाउँ अधिवेशन सम्पन्न भएको छ ।
नेपाल तरुण दल धादिङका प्रशिक्षण विभाग प्रमुख एवं सचिवालय सदस्य रामप्रसाद पाण्डेको प्रमुख आतिथ्य एवं नेपाल तरुण दल किरान्चोक गाउँ कार्य समितिका अध्यक्ष गोबिन्दबहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न गाउँ अधिवेशनले पुनः गोबिन्दबहादुर भण्डारीको अध्यक्षतामा नौ सदस्यीय गाउँ कार्य समितिको चयन गरेको छ । नव गठित कार्य समितिको उपाध्यक्षमा भक्तजंग अधिकारी,सचिवमा रामकुमार श्रेष्ठ र कोषाध्यक्षमा केदार खनाल रहनुभएको तरुण दल धादिङका अध्यक्ष गोपाल बिश्वकर्माले जानकारी दिनुभयो ।



No comments:
Post a Comment