Tuesday, March 1, 2011

मनकामना प्राविको २२ औं बार्षिकोत्सव

खरी /खरी गाउं विकास समितिको वडा नम्बर ६ आधामारामा रहेको मनकामना प्राथमिक बिद्यालयको २२ औं बार्षिकोत्सव विभिन्न्ा कार्यक्रमका साथ मंगलबार सम्पन्न भएको छ ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर दर्लामीको अध्यक्षतामा भएको कार्यक्रम सालवास श्रोत केन्द्रका श्रेात व्यक्ति ओमप्रसाद पाठकको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । बार्षिकोत्सवको अवसरमा बिद्यालयका प्रधानाध्यापक मिनबहादुर अधिकारीले  १५ लाख नौ हजार सात सय ६६ रुपैयाको आय व्ययको बिबरण सार्वजनिक गर्नुभएको थियो । कार्यक्रममा प्राथमिक बिद्यालय स्तरिय विविध खेलकुद प्रतियोगिताको आयोजना गरिनुका साथै बिद्यालयका संंस्थापक पांच जना र शिक्षक दुई जनालाई प्रमुख अतिथीबाट दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

No comments:

Post a Comment

vfhcnbn

vggc