Tuesday, March 1, 2011

हाइवे-खबरको एक बर्षमा चियापान

धादिङबेसी/ हाइवे-खबर साप्ताहिक  प्रकाशन आरम्भ भएको एक बर्ष पुगेको अवसर पारेर मंगलबार  सदरमुकाम धादिङबेसीमा पत्रिकाले चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा पत्रिकाका प्रकाशक सीताराम अधिकारीले पत्रिका आरम्भ गर्दाको अवस्था र एक वर्षमो भोग्नुपरेको तितो मिठो अनुभवका बारेमा वताउनुभएको थियो । अनौपचारिक कार्यक्रमका बिच सम्पन्न भएको चियापान कार्यक्रममा नेकपा एमालेका धादिङका अध्यक्ष गुरुप्रसाद बुर्लाकोटी ,नेता जगन्नाथ नेपाल ,जिल्ला सदस्य कृष्ण अर्याल ,जिल्ला सदस्य रामप्रसाद अधिकारी ,जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक द्धारिका घिमिरेका साथै विभिन्न संघ संस्थाका प्रतिनिधी संचारकर्मिहरको सहभागिता रहेको थियो ।

No comments:

Post a Comment

vfhcnbn

vggc