Tuesday, March 1, 2011

लोक नृत्य तथा कविता प्रतियोगिता

गुम्दी /वुद्धज्योति बालक्लव तामाङखर्क उच्चमावि गुम्दीको आयोजनामा मंगलबार  लोक नृत्य तथा कविता प्रतियोगिता सम्पन्न भएको छ । आइ।सि।डि।सि।धादिङको सहयोगमा भएको प्रतिगोगितामा विद्यालयका ६ वटा सदनले प्रतिस्पर्धा गरेका थिए । प्रतियागितामा लोक नृत्य तर्फ हरियो सदनका श्रेया सिम्खडाको समूह पहिलो सेतो सदनका शान्ती गुरुङको समूह दोश्रो र रातो सदनका गिता गुरुङको समूह तेश्रो भएको थियो । त्यसैगरि अन्तर विद्यालय एकल गायनमा कल्याण निमावि गुम्दीकी शोभा परियार पहिला तामाङखर्क उच्च माविकी संगिता कंडेल दोश्रा सोहि विद्यालयकि यममाया घले तेश्रा र शान्ती गुरुङ सान्त्वना हुनु भएको थियो । कविता प्रतिगोगितामा भने काचन घले प्रथम सुनिता श्रेष्ठ दोश्रा र मनिष वि।s। तेश्रा हुनु भएको थियो । प्रतियोगिताका विजयी विद्यार्थहरुलाई आइ।सि।डि।सि।धादिङका मनो विमर्शकर्ता शम्भु गुरुङले पुरस्कार प्रदान गर्नु भएको थियो

No comments:

Post a Comment

vfhcnbn

vggc