बैरेनी /बैरेनी गाउँ विकास समितिको वडा नम्बर ८ बान्द्रेका स्थानीयबासीहरुले अब विजुलीबत्तिको उज्यालो उपभोग गर्न पाउने भएका छन् । स्थानीयि खेस्टेखोलामा निर्माण गरिएको लघुजलविद्युत साचालनमा आएपछि उपभोक्ताहरुले विजुली बाल्न पाउने भएका हुन् ।
लघुजलविद्युत परियोजनाको मंगलबार धादिङ क्षेत्र नम्बर ३ का सभाषद शालिमराम जमकट्टेलले एक समारोहकाबिच उद्घाटन गर्नुभएको छ । कूल ५५ लाख ५० हजार रुपैयाँको लागतमा निर्माण सम्पन्न लघुजलविद्युत परियोजनाको क्षमता १३ किलोवाट रहेको बताइएको छ । परियोजना साचालनका लागि नेपाल सरकारको अनुदान रकम १६ लाख २५ हजार जिल्ला विकास समिति धादिङबाट अनुदान २ लाख ६० हजार बैरेनी गाउँ विकास समितिबाट अनुदान ६ लाख १४ हजार र स्थानीयबासीबाट संकलन गरिएको २५ लाख एकहजार प्राप्त भएको थियो भने ५ लाख ५० हजार रुपैयाँ ऋण लिइएको पनि बताइएको छ । यो परियोजनाकाट ६० घरधुरीका उपभोक्ताले सेवा प्राप्त गर्नै स्गानीय उपभोक्ताहरुले बताएका छन् । परियोजना उद्घाटन अवसरमा एकिकृत नेकपा माओवादीका प्रतिनिधि धु्रव सुवेदी ,नेपाली कांग्रेसका प्रतिनिधि गोपीप्रसाद रिमाल, बैरेनी गाविस सचिव टुनाबहादुर श्रेष्ठ ,ग्रामीण उर्जा शाखा धादिङका दामोदर गैरे लगायत स्थानीय उपभोक्ताहरुको सहभागिता रहेको थियो ।



No comments:
Post a Comment