Saturday, May 7, 2011

दुग्ध जन्य बस्तुहरुको प्रदर्शनी हुने

धादिङ /जिल्लामा उत्पादित दुग्ध तथा दुग्धजन्य परिकारहरु र त्यसको लागि आवश्यक सामग्रीहरुको बारेमा सर्बसाधारणलाई जानकारी दिने उद्देश्यले धादिङ जिल्ल्ााको सदरमुकाम धादिङवेसीमा २ दिने प्रदर्शनीको आयोजना गरिने  भएको छ ।
 प्रदर्शनीले जिल्ल्ाामा दुग्धजन्य उत्पादनमा बृद्धि गर्नुका साथै  बजार विस्तारिकरण प्रचारप्रसार र विकासमा सहयोग गर्ने वताईएको छ । आगामी जेठ ८ र ९ गते आयोजना हुनलागेको  प्रदर्शनीमा दुग्धजन्यपदार्थ दुध संकलन तथा प्रशोधनकालागि आवश्यक सामग्रीहरु र दुधका परिकारहरु प्रदर्शनमा राखिने छ । त्यसैगरी प्रदर्शनीमा दुग्ध व्यवशाय सँग सम्बन्धित जानकारी मूलक सामग्रीहरु र उन्नत जातका गाईहरु पनि राखिने आयोजकले जनाएको छ  । व्यवशायिक रुपमा दुधको परिकार बनाउन नजान्दा दुःख गरी पशुपालन गरेर पनि जिल्लाका अधिकांश किसानहरुले त्यसबाट फाइदा लिन सकेका छैनन् । प्रदर्शनीले त्यस्ता किसानहरुको चेतना र सीप विकासमा समेत सहयोग गर्ने अपेक्षा गरिएको धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष प्रभातकिरण सुवेदीले वताएका छन । प्रदर्शनी  धादिङ उद्योग बाणिज्य संघ र गैर सरकारी संस्था फोकस नेपालले संयुक्त रुपमा आयोजना गर्न लागेका हुन् ।

No comments:

Post a Comment

vfhcnbn

vggc