धादिङ/ जिल्लाको नीलकण्ठ गाविस वडा नम्बर ८ का निमा गुरुङलाई एशियन लाईफ इन्स्योरेन्स कम्पनीले शनिबार एक कार्यक्रमका बिच विमा रकम हस्तान्तरण गरेको छ ।
जिल्लाको नीलकण्ठ गाविस वडा नम्बर ८ चिसापानीका ताराबहादुर गुरुङको गएको माघ महिनामा सवारी दुर्घटनामा मृत्युभएपछि कम्पनिमा जिवन विमा गराएका ताराबहादुरको जिवन विमा कोष बाट निजका छोरा निमालाई कम्पनीले विमा वापत ९६ हजार १९ रुपैयाको चेक हस्तान्त्ारण गरेको हो । कम्पनीका शाखा प्रबन्धक होमबहादुर श्रेष्ठले शनिबार धादिङबेसी स्थित कम्पनिको बिकि्र केन्द्रमा आयोजित कार्यक्रममा निमालाई चेक हस्तान्तरण गर्नुभएको हो ।
चेक हस्तान्तरण कार्यक्रममा कम्पनिका विमा अभिकर्ता इन्द्रमान शाक्य ,शर्मिला थापा, अर्जुन अधिकारीका साथै विकि्र केन्द्रका प्रमुख प्रकाश ढुङगाना लगायतले एशियन लाईफ इन्सुरेन्सको गतिविधी र जिवन विमाको महत्वका वारेमा वताउनु भएको थियो । विकि्र केन्द्रका प्रमुख ढुङगानाका अनुसार २०६६ चैत महिनामा धादिङबेसीमा बिकि्र केन्द्र स्थापना गरि सेवा िदंदै आईरहेको कम्पनीमा अहिले सम्म्ा २ हजार जनाले जिवन विमा गराएको र जिल्लाभर २ सय ५० जना विमा अभिकर्ता कृयाशिल रहेका छन ।



No comments:
Post a Comment