Tuesday, April 10, 2012

झार्लाङमा नेतृत्व विकास तथा लेखा व्यवस्थापन


झार्लाङ/सामुदायिक संस्थाका पदाधिकारीहरुकोे लागि नेतृत्व विकास तथा लेखा व्यवस्थापन सम्बन्धी ३÷३ दिने तालिम चैत २३ गते झार्लाङ ३ तर्चिको पबित्र चर्चमा सम्पन्न भएको छ ।
प्रयास नेपाल र गरिवि निवारण कोषको साझेदारीमा संचालित सामुदायिक विकासका लागि शसक्तिकरण कार्यक्रम अन्र्तगत झार्लाङ गाविसमा गठित ८ वटा सामुदायिक संस्थाका अध्यक्ष,सचिव र कोषध्यक्ष सहित २७ जनाको सहभागीता रहेको थियो । तालिममा गरिबी निवारण कोषको कार्यक्रम संचालन प्रक्रिया,बैठक निर्णय लेखन,नेतृत्व विकास,सामुदायिक संस्था गठन र परिचालन,अध्यक्ष,सचिव र कोषाध्यक्षको काम कर्तव्य र भमिका,सामुदायिक संस्थाको आवश्यकताहरुको प्राथमिकिकरण,दिगोपना,स्थानीय स्रोत परिचालन,शसक्रिकरण बारेमा जानकारी गराईएको थियो । यसै गरी तालिममा सामुदायिक संस्थाहरुले प्रयोग गर्ने खाताहरु,बचतको महत्व,ऋण लिने प्रक्रिया,घुम्तीकोष,योजना माग प्रक्रिया,व्यक्तिगत खाता,नगद कारोबार खाता लगायतका बिषयमा प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल,सह सचिव सविता अर्याल सामाजिक परिचालक मान बहादुर तामाङ र जीत बहादुर तामाङले सहजिकिकरण गर्नुभएको प्रयास नेपाल धादिङको सामाजिक परिचालक मानबहादुर तामाङले बताउनु भयो । हाल सम्म झार्लाङ गाविसमा १८ गठन भई आय आर्जन र पूर्वाधारका कार्यक्रम संचालन भएकोे कार्यक्रम संयोजक सुनिता कडेलले जानकारी दिनु भयो ।

No comments:

Post a Comment

vfhcnbn

vggc