धादिङ । मैदी गा वि स मा लिच्चीको संभावना वढी भएको हुनाले लिच्चीको पकेट क्षेत्र वन्ने भएको छ ।
मैदी गा वि स भित्र रहेका वस्तीहरु रातामाटा, माझिटार, जोगटार, पिपलटार, कुदवार, छापथोक, दुवारथोक, पोखरी थोक काफलस्वाराका आदिवासी जनजाती र दलित वस्तीलाइ लक्षित गरि व्यवसायिक फलफुल मिसन कार्यक्रम सन्चालन गर्न लागिएको जिल्ला कृषि विकास कार्यलयका वागवानी विकास अधिकृत केशव प्रसाद घिमिरेले जानकारी दिनुभयो । व्यवसायिक फलफुल मिसन कार्यक्रमवाट सञ्चालन गर्न लागिएको उक्त परियोजनाको मंगलवार कृषि तथा सहकारी मन्त्रालयका सहसचिव महेन्द्रमान श्रेष्ठ, फलफुुल विकास अधिकृत खेमनिधि लोहनी र वागवानी विकास अधिकृत केशव प्रसाद घिमिरेले मैदी गा वि स को पकेट क्षेत्रमा स्थलगत सम्भाव्यता अध्ययन भ्रमण गर्नुका साथै स्थानिय वासिन्दासंग अन्तरक्रिया कार्यक्रम गरिएको छ । यस वर्ष मैदी गा वि स मा ५० हेक्टर भुमिमा लिच्चीको वृक्षारोपण असार महिना भित्र गर्नको लागी गरिवी निवारण कार्यक्रम अन्तरगतका सामुदायिक सस्थाहरु, कृषक समु्ह, खानेपानी तथा सरसफाइ उपभोक्ता समिति मैदीवाट लिच्चीको विरुवा माग संकलन गर्न थालिसकिएको कोषोक ने पालका सामाजिक परिचालन नारायण कुमार श्रेष्ठले वताउनुभयो । लिच्चीको कृषक समुह, सामुदायिक सस्था र खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई विरुवा,स्प्रेयर, सिक्केचर र करौती खरिदका लागी क्ता समितिलाइ, सस्थागत रुपमा ५० प्रतिशत अनुदान उपलव्ध गराउने जिल्ला कृषि विकास कार्यलय धादिङले जनाएको छ । यस वृहत व्यवसायिक फलफुल मिसन कार्यक्रम लाइ जिल्ला कृषि विकास कार्यलय धादिङ, परिवर्तनका लागी प्रतिवद्ध समाज कोसोक नेपाल धादिङ, मैदी गाउ विकास समिति, सामुदायिक सस्था,कृषक समुह र खानेपानी तथा सरसफाइ उपभोक्ता समिति मैदीको सहकार्यमा अगाडी वढाउने लक्ष्य रहेको छ । यस मिसनलाइ पुरा गर्न आगामी दिनहरु मा आकाशेपानी संकलन, थोपा सिंचाइ, भुइकटहर खेती, वेसारखेती र कोषे वालीको विकास गरि वैल्कल्पीक आयआर्जन गरि गरिवी न्युनिकरण गर्न सकिने सह सचिव महेन्द्रमान श्रेष्ठले वताउनुभयो ।
No comments:
Post a Comment