धादिङ
। सदरमुकाम रहेको नीलकण्ठ उच्च माविमा समेत उपयुक्त छात्रा शौचालय छैन ।
क्याम्पस समेत सञ्चालन गरिएको नीलकण्ठ उच्चमावि रहेको भवनमा कक्षा १०
सम्मका विद्यार्थीले प्रयोग गर्ने छात्रा शौचालयको अभाव भएका कारण छात्रा
विद्यार्थी हरेक महिनामा चार पाँच दिन विद्यालय आउँदैनन् ।
शौचालय त
छ, तर महिनावारी भएका बेलामा प्रयोग गर्न सकिने किसिमको नभएको र उपयुक्त
किसिमको नभएपछि छात्रालार्ई समस्या पर्ने गरेको विद्यार्थी कृपा कुँवरको
गुनासो छ ।
सरोकार निकाय र राजनीतिक दलका प्रमुुखले आगामी दिनमा विद्यालय भवन बनाउँदा अनिवार्यरूपमा शौचालय बनाउनुपर्ने नीति बनाउनुपर्नेमा जोड दिएका छन् । खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ धादिङले आयोजना गरेको एक कार्यक्रममा सरोकारवालाले विद्यालयमा शौचालय नभएका कारण विद्यार्थीले कक्षा छाड्ने गरेको र पढाइमा
तीन सय ५३ शौचालय निर्माण
गरिएकामा छात्रा शौचालय ९८ मात्र भएको जिल्ला शिक्षा कार्यलयका सबइन्जिनियर
गोपाल खनालले बताउनुभयो । हाल जिल्लामा छ सय एक सामुदायिक विद्यालय
रहेकामा पाँच सय विद्यालयमा छात्रा शौचालय नरहेको देखिन्छ ।खानेपानी तथा
सरसफाइ डिभिजन कार्यलयका डिभिजन प्रमुख भण्डारीका अनुसार जिल्लामा २०
प्रतिशत पानीको सुविधाबाट वञ्चित छन् ।
शिक्षक नहुँदा महिनौँदेखि विद्यालय बन्द
विद्यालयमा
महिनौँ दिनसम्म पनि शिक्षक नआएका कारण विकट गाउँको विद्यालय बन्द भएपछि
विद्यार्थीको अन्तिम परीक्षा समेत बन्द भएको छ । दक्षिणी धादिङको दुर्गम
महादेवस्थान गाविसमा रहेको ताजिम्रङस्थित लालीगुराँस प्राथामिक विद्यालय
बन्द भएको महिनौँ बितिसक्दा पनि जिल्ला शिक्षा कार्यालयमा भने कुनै खबर नै
नभएको थाहा भएको छ । कार्यालयले विद्यालय खुलेको जानकारी दिए पनि बन्द भएको
खबर आएपछि त्यसबारे पहल गरिने जनाएको छ ।
विद्यालयमा अहिले परीक्षा
समेत चल्न सकेको छैन । विद्यार्थी गाउँघरमा नै गोठालो गएर दिन बिताइरहेको
स्थानीयवासीले जानाकारी दिएका छन् । धादिङको महादेवस्थान र मकवानपुरको
खैराङका विद्यार्थी पढ्न आउने सो विद्यालयमा न शिक्षक आउने गर्छन् न त
विद्यालयको भौतिक अवस्था नै राम्रो छ । विद्यालयमा अहिले अन्तिम परीक्षा
रोकिँदा सयाँै विद्यार्थी पढ्न पाउने अधिकारबाट वञ्चित भएका छन् ।
अविभावक भने आफ्ना बालबालिकाको पढाइ नभएकामा कार्यालयको लापरबाही भएको आरोप लगाउँछन् ।
हाल
बन्द रहेको सो विद्यालयमा मकवानपुर र धादिङ जिल्लाका दुर्गम क्षेत्रका
तामाङ र चेपाङ बालबालिका पढ्ने गर्छन् । कक्षा तीनसम्म अध्ययनअध्यापन
गराइने सो विद्यालयमा दुई कोठे भवन छ भने ७० जना विद्यार्थीका लागि दुई
शिक्षक छन् । अहिले भने सो विद्यालय तीन महिनादेखि बद रहेको स्थानीय
सुनबहादुर चेपाङले बताउनुभयो ।
बिदा लिएर विद्यालय छाडेका शिक्षक विद्यालयमा नआएपछि विद्यालय बन्द भएकाले अझसम्म पनि बन्द भएको अभिभावकले जानकारी दिएका छन् ।



No comments:
Post a Comment