Thursday, April 12, 2012

धादिङमा वातावरणमैत्री ईट्टा


  धादिङ, / धादिङमा पहिलोपटक पीडा गाविस वडा नंबर २ गलौदीमा वातावरणमैत्री ढंगले इट्टा उत्पादन शुरु भएको छ । राजधानी ब्रिक प्रालिले २ करोड ५० लाख रुपैंयाको लगानीमा एक सय रोपनी जग्गा भाडामा लिएर उद्योग सञ्चालन गरेको हो ।  
काठमाडौमा मात्र उत्पादन गरिने यस्ता ईट्टा अरु जिल्लालाई नपुग्ने भएपछि धादिङमा उद्योग सञ्चालन गरिएको सञ्चालक विजय भट्टराईले बताउनुभयो । वातावारणमैत्री इट्टा उद्योगमा काठका विद्युत र कोइलाबाट इट्टा पोल्ने व्यवस्था मिलाइएको छ । ‘विद्युत र कोइलाबाट ईट्टा पोल्दा नेपाल सरकारले तोकेको प्रदुषण सम्वन्धी मापदण्ड भन्दा आधामात्रै प्रदुषण हुन्छ’ अर्का सञ्चालक श्याम महर्जनले भन्नुभयो । 
पछिल्लो समयमा ईट्टा भट्टामा धेरै दाउरा खपत भएका कारण उद्योगले विकल्प खोजेको हो । समयमै दाउराको विकल्प नखोजे वनजंगल सकिने मात्र होइन इट्टा उद्योग नै धरासायी हुने सम्भावना देखेर विद्युतीय प्रविधिबाट ईट्टा पोल्ने प्रविधि ल्याएको सञ्चालकहरुको भनाई छ । 
उद्योगमा आधुनिक मेशिनद्वारा प्रति घण्टा ८ हजार ईट्टा उत्पादन गरिन्छ । कम लागतमा इट्टा उत्पादन हुने भएकाले एउटा इँटाको ८ रुपैयांसम्म बिक्री गर्न सकिने सञ्चालकले बताएका छन् । उद्योगमा दैनिक १ सयजना मजदुरले काम गर्दै आएका छन् ।

No comments:

Post a Comment

vfhcnbn

vggc