Monday, April 16, 2012

पृथ्वी राजमार्गमा हुने सवारी दुर्घटनामा सडक विभागको जिम्मेवारी

 वैशाख । पृथ्वी राजमार्गमा हुने सवारी दुर्घटनामा सडक विभागको जिम्मेवारी रहेको सरोकारवालाले बताएका छन् । दुर्घटना कम गर्न धादिङ जिल्लामा विशेष कर्यक्रम ल्याइनुपर्ने माग उनीहरूको छ । विशेषगरी राजमार्गमा हुने दुर्घटनाको मुख्य कारण भनेको सडकको दूरवस्था नै रहेकाले स्थानीय तवरमा सडक सुरक्षासम्बन्धी चेतननामूलक कार्यक्रमको आवश्यकता रहेको सहभागीले बताएका छन् ।
सडक विभागले कडाइ गर्न नसकेका कारण जथाभाबी भएको सडक अतिक्रमण, बिगि्रएको सडकको मर्मत नहुँदा राजमार्गमा सवारी दुर्घटनाको अनुपात गत सालभन्दा बढेको छ । नेपालका अन्य जिल्लाका राजमार्गमा हुने दुर्घटनाभन्दा धादिङ जिल्लामा हुने दुर्घटनामा बढी क्षति बेहोर्नुपर्ने एक तथ्यांकले देखाएको छ । दुर्घटना भइसकेपछि पनि घाइतेको उद्दारका क्रममा स्रोत र साधनको अभावका कारण कतिपय मानिसले ज्यान गुमाउनुपर्ने भएकाले राजमार्ग क्षेत्रमा रहेका दुर्घटना उद्दार टोलीलाई सरकारले विशेष तालिम दिनुपर्ने बताइएको छ । नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी बाहेक पनि अझै छुट्टै विशेष टोली बनाइनुपर्ने र हाल भइरहेको उद्दार टोलीलाई प्राथमिक उपचार र उद्दारका सामग्री लगायत एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने माग गरिएको छ । हाल नागढुंगादेखि मुग्लिनसम्मको राजमार्गमा नौबिसे, गजुरी र चरौंदी तीन ठाउँमा ४८ जना दुर्घटना उद्दार स्वयंसेवक, १३ आकस्मिक उद्दारकर्ता र २३ जना मध्यस्थकर्ता छन् । राजमार्गमा हुने सवारी दुर्घटना मुख्यगरी बेलुकी ६ देखि बिहान ६ बजेको समयमा धेरै हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय र कोसोक नेपाल धादिङले गरेको एक अध्ययनले देखाएको छ । गजुरीमा आयोजित एक कार्यक्रमममा जिल्लामा रहेका सरकारी एवम् गैरसरकारी संघसंस्थाले धादिङमा पर्ने पृथ्वीराजमार्ग कसरी दुर्घटनारहित क्षेत्र बनाउन सकिन्छ भन्ने विषयमा छलफल गरेको थियो । गजुरीमा आकस्मिक उद्दार स्रोत केन्द्र बनाउन जिविस र कोसोक नेपाल विभिन्न निकायको सहयोगमा बनाउन लागिपर्ने र जिल्लाको पहिचानका रूपमा रहेको राजमार्गलाई शान्तिक्षेत्र बनाउन विशेष कार्यक्रम सञ्चालन गरिने कोसोक नेपालका अध्यक्ष बोधनारायण श्रेष्ठले बताउनुभयो ।

No comments:

Post a Comment

vfhcnbn

vggc