धादिङ/धादिङ जिल्लाभरिका गाउँमा संचालित घुम्ती अल्ट्रासाउन्ड कार्यक्रमबाट गर्भवती महिलाहरूलाई राहत मिलेको छ।
गाउँगाउँमा शिविरका रूपमा संचालन हुने
कार्यक्रमहरूमा स्वास्थ्य परीक्षण गराएर आपmनो गर्भस्थ शिशुको अवस्था थाहा
पाउँदा ग्रामीण महिलाहरू दङ्ग परेका छन्। भौगोलिक समस्याका कारण यसअघि
महिलाले चाहेर पनि स्वास्थ्य परीक्षण गराउन सकेका थिएनन्। गर्भवती महिलाले
नियमित रूपमा स्वास्थ्य संस्थामा चार पटकसम्म स्वास्थ्य परीक्षण
गराउनुपर्ने नीतिअन्तर्गत उक्त कार्यक्रम संचालनमा ल्याइएको हो। गत साउनको
दोस्रो साताबाट सुरु भएको ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम अहिले पहिलो चरण
सम्पन्न भएर दोस्रो चरणमा प्रवेश गरेको छ। धादिङ जिल्ला स्वास्थ्य
कार्यालयका अनुसार कार्यक्रमको पहिलो चरणमा ५० वटा गाविसका १ हजार ३
सयभन्दा बढी गर्भवती महिलाले सेवा लिएका थिए। कार्यक्रमअन्तर्गत २ वटा
मेसिन प्रत्येक गाविसमा रोटेसनमा संचालित छन्। हाल नेपालका धादिङ र मुगु
जिल्लामा मात्र यस्तो कार्यक्रम संचालनमा छ।



No comments:
Post a Comment