धादिङ, बैशाख २३ -धादिङको बैरेनीमा संयुक्त राष्ट्रसंघ (यएन)को एपिसि वोकेको टेलरले लागेर गल्छी प्रहरी चौकी प्रमुख पहलमान श्रेष्ठको ज्यान गएको छ । काठमाडौवाट युएनको एपिसि बोकेर भारततर्फ जांदै गरेको एन एल ०१ के ०१ ६४ नम्बरको टेलरमा रहेको एपिसि वांधेको डोरी छिन्दा एपिसी खसेर सडक छेउमा रहेका श्रेष्ठको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
शनिवार विहान साँढे ८ वजेतिर भएको दुर्घटनामा तीन जना घाइते भएका छन । घाइतेहरुको स्थानीय स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गराई थप उपचारका लागि काठमाडौ पठाइएको प्रहरीले जनाएको छ । गल्छी स्याफ्रुवेसी सडक सञ्जाल जोडिएपछि व्यापारिक केन्द्रका रुपमा विकास भएको गल्छीमा केही महिना अघिमात्रै अस्थायी प्रहरी पोष्टको स्थापना गरिएको हो । घटना पछि गल्छि क्षेत्र स्तव्ध भएको छ ।



No comments:
Post a Comment