धादिङ,२३ बैशाख- अमेरिकी दुतावासले धादिङ जिल्लाका विभिन्न चार वटा क्याम्पस र सात वटा उच्च माध्यमिक बिद्यालयका लागि पाठ्यपुस्तक र अंग्रेजी भाषासंग सम्वन्धित विभिन्न पुस्तकहरु सहयोग गरेको छ ।
शुक्रवार धादिङबेसीमा आयोजित एक कार्यक्रममा अमेरीकी दुतावास अन्र्तगत रहेको क्षेत्रीय अंग्रेजी भाषा अधिकृत फाइफ म्याक्डन्फ (ँषभ ःबअमलाा) र नेल्टाका केन्द्रिय अध्यक्ष हेमन्तराज दहालले जिल्लाका क्याम्पस र उच्च माविलाई संयुक्त रुपमा पुस्तकहरु हस्तान्तरण गरेका हुन । यसरी पुस्तक सहयोग पाउनेहरुमा नीलकण्ठ बहुमुखी क्याम्पस,नेत्रावती सामुदायिक क्याम्पस,सल्यानटार क्याम्पस,आदर्श बहुमुखी क्याम्पस रहेका छन । त्यसै गरि उच्च मावि तर्फ रानीपौवा उच्च मावि,अचने उच्च मावि,सालवास उच्च मावि,नीलकण्ठ उच्च मावि,शंखादेवी उच्च मावि,मच्छिन्द्र उच्च मावि र निरन्जना उच्च मावि रहेका छन । नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा)को पहलमा र अमेरीकी दुतावासले उपलव्ध गराएको पुस्तक हस्तान्तरण कार्यक्रममा त्रिभुवन बिश्व बिद्यालयका प्राध्यापक एवम नेल्टाका कानुनी सल्लहाकार मोतीकला सुव्वा,शिक्षा विभागका अधिकृत दामोदर रेग्मी, धादिङका जिल्ला शिक्षा अधिकारी दिपेन्द्रराज सुवेदी लगायतको आतिथ्य रहेको थियो ।
पुस्तक हस्तान्तरण कार्यक्रम संगै अमेरिकी दुतावास र नेल्टाको आयोजनामा आईरहेका अंग्रेजी भाषा शिक्षकहरुका लागि पठन सिप क्षमता विकास तालिम शुक्रवार देखि धादिङबेसीमा संचालन गरेको छ । दुई दिन सम्म संचालन भएको तालिममा अंग्रेजी भाषा अध्यापन गराउंदा आईपर्ने समस्या,भाषाको प्रयोग लगायतका बिषयमा अमेरिकी दुतावास र नेल्टाका प्रशिक्षकहरुवाट आधारभुत जानकारी गराईएको थियो । तालिममा जिल्लाका उच्च माविहरुमा अंग्रेजी भाषा अध्यापन गराउंदै आईरहेका ३३ जना शिक्षहरुको सहभागिता रहेको थियो ।



No comments:
Post a Comment