Wednesday, May 9, 2012

हुरीवतासले बिद्यालयको छाना उडाएदियो ,पठन पाठन प्रभावित


 महादेवस्थान /हुरीवतासले छानो उडाएपछि जिल्लाको दक्षिणी भेगको महादेवस्थान गाविसको वडा नम्बर ७ को लवाङ प्राथमिक बिद्यालयमा पठन पाठनमा समस्या आएको छ ।
गएको चैत २७ गते र्साझ आएको हुरीवतासले बिद्यालयको जस्ताको छाना उडाएदिएपछि भवनमा पठन पाठन गराउन समस्या परेको हो । हुरी वतासले जस्ता उडाएपछि छानो उदाङग् हुन पुग्दा बावालिकालाई पढाउन पनि समस्या भएको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष हस्तबहादुर तामाङले बताउनु भयो । पांच कक्षा सम्मको पढाई हुंदै आएको बिद्यालय भवन केहि समय अघि मात्रै निर्माण कार्य सम्पन्न भएको हो । पांच कोठे भवनको सबै छानो हुरीवतासले उडाएर लगेपछि बिद्यालयमा अध्ययनरत ७६ जना बिद्यार्थीलाई पढाउन समस्या भएको बिद्यालयका प्रधानाध्यापक कविता मगर बताउनुहुन्छ ।
हुरीवतासले उडाएको जस्ता पाता  पुन ः प्रयोग गर्न नमिल्ने गरि क्षति भएपछि भवन जोगाउन र नयां छानो लगाउन कठिनाई भएको बिद्यालयका अध्यक्ष तामाङले बताउनु भयो ।

No comments:

Post a Comment

vfhcnbn

vggc