सलाङघाट (धादिङ),३१ वैशाख/“गांउ गांउमा सहकारी घरघरमा रोजगारी” मुख्य नारा दिएको बर्तमान सरकारले नीति तथा कार्यक्रम र वजेट अनुसार आर्थिक विकासको क्षेत्रमा काम नगरेकाले वर्तमान सरकार किसान र सहकारी विरोधी भएको पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले आरोप लगाएका छन ।
आईतवार धादिङको सलाङमा रहेको साना किसान कृषि सहकारी संस्थाको १५ औ वार्षिकउत्सव कार्यक्रमलाई सम्वोधन गदै संयुक्त राष्ट्रसंघले २०१२ लाई अन्तरराष्ट्रिय सहकारी वर्ष मनाउन घोषण गरेको र नेपाल सरकारले पनि नीति तथा कार्यक्रम र वजेटमा अन्तरराष्ट्रिय सहकारी वर्ष मनाउन कृषि तथा सहकारी मन्त्रीको अध्यक्षतामा समिति गठन गरिसकेको सन्दर्भमा सरकारले खासै उल्लेखनीय काम नगरेकोले वर्तमान सरकार किसान विरोधी भएको अधिकारीको आरोप थियो । गांउ गांउको विकास भए मात्र सिङ्गो देशको विकास हुने उल्लेख हुने वताउदैं आफु अर्थमन्त्री हुदां स्थानीय विकास र सहकारी विकासलाई संगसंगै लैजानका वजेट व्यवस्था गरेको उनले वताए ।
अर्को एक प्रसंगमा राज्य पूनसंरचनाको नाममा देशलाई प्रान्तमा विभाजन गर्दा वजेटको धेरै हिस्सां, तलव भत्ता, भवन तथा आवास निमार्णमा खर्च हुने भएकोले समतामुलक राष्ट्र निमार्ण गर्न नेकपा एमालेले ७ प्रान्तको प्रस्ताव राखेको उल्लेख गर्दै अन्तिम सहमतिका लागि ८ प्रान्तसम्म जान सकिने समेत उनको भनाई थियो । गांउ तथा नगर विकास भएमात्र देशको विकास हुने र विकेन्द्रीकरण भएमात्र गणतन्त्र सवल हुने अधिकारीको दावी थियो । मुलुकमा बिद्यमान संकट समाधानका लागि नेपाली कांग्रेस संग सहमतिको पुगिएको र एनेकपा माओवादी संग सहमतिका लागि प्रयास भईरहेको समेत अधिकारीले वताए । नेकपा एमाले एकल जातीय राज्यको पक्षमा नरहेको उल्लेख गर्दै वहुजाती, वहभाषी, वहुसंस्कृति रहेको हाम्रो देशको पहिचान जोगाउने किसिमले राज्य पूनसंरचाना हुने वताए ।
सोहि कार्यक्रममा वोल्दै धादिङ जिल्लाको मलेखुमा खपत हुने माछा आपूर्ती गर्न त्रिशुली नदीकिनारामा रहेको जग्गामा त्रिशुली नदीबाट पानी तानी माछा पालन गर्न सरकारले कार्यक्रम वनाउन आवश्यक भएको नेपाल कृषि केन्दीय सहकारी संघका अध्यक्ष खेम बहादुर पाठकले वताए । यस अघि धादिङ जिल्लाको जीवनपुर र नौवीसेमा रहेको साना किसान कृषि सहकारी संस्थाहरुले समुह मार्फत गरेको तरकारी खेती र वाख्रा पालन कार्यक्रमको अवलोकन गरेका थिए ।



No comments:
Post a Comment