Sunday, May 13, 2012

भतिजाद्वारा काकालाई खुकुरी प्रहार



धादिङ,३१ बैशाख / सामुदायिक बनमा काठ काटेको निहुँमा विवाद हुँदा भतिजाले आफ्नै काकालाई खुकुरी प्रहार गरेका छन् ।

    धादिङको गोगनपानी गाविस २ चैनपुर स्थित गाउँमा शनिबार विहान भएको छलफलमा सहोदर भतिजा नविन श्रेष्ठले उनका काका ५५ वर्षिय डिल्लिमान श्रेष्ठलाई खुकुरी प्रहार गरि गम्भिर घाइते बनाएक हुन् । घाइते श्रेष्ठको टाउको, ढाड र तिघ्रामा गम्भिर चोट लागेको छ । उनको उपचार काठमाण्डौ स्थित मोडेल अस्पतालमा भईरहेको छ । यस अघि कोल्पुपाखा सामुदायिक वनमा काठ माग गरेकी नविनकी श्रीमतिले समितिले निर्णय गरे भन्दा बढी काठ काटेको भन्दै उनी लगायत बढी काट्नेको काठ जफत गरेको थियो । सोही क्रममा वनका उपभोक्ता समेत रहेका डिल्लिमानले बुहारीले बढी काठ काटेको भन्दै गाली गरेपछि उनीहरुबीच झगडा समेत भएको स्थानीयले जानकारी दिए । ससुरासंग विवाद भएपछि कामका सिलसिलामा भारत बसदै आएका श्रीमान नविनलाई बोलाएर आक्रमणको योजना बनाईएको गाउँलेको भनाई छ । आक्रमण कारी श्रेष्ठ फरार रहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक विनोद घिमिरेले जानकारी दिए ।

No comments:

Post a Comment

vfhcnbn

vggc