केशव अधिकारी/
जेठ ३-धादिङ जिल्लामा पर्ने पृथ्वीराजमार्गको
कृष्णभीरमा बुधवार राती नौ वजे तिर भएको सवारी दुर्घटनामा परि ५ जनाको
ज्यान गएको छ ।
पोखराबाट काठमाडांैका लागि छुटेको ग १ ज ४८७४ नम्बरको कार धादिङ जिल्लाको
धुषा गाविस वडा नम्बर १ मा पर्ने पृथ्वीराजमार्गको कृष्णभीरमा सडकवाट
त्रिशुली नदीमा खस्दा कारमा यात्रारत ५ जनाको ज्यान गएको हो । मृतकहरुमा
कृष्ण दवाडी, सन्जिव दवाडी, राजकुमार श्रेष्ठ, रविन्द्र ढुङगाना र अर्का एक
जनाको सनाखत हुन सकेको छैन ।
दुर्घटनामा घाइते अवस्थामा भेटिएका दिपक गुरुङको गजुरी अस्पतालमा प्राथमिक
उपचार गरि काठमाडौं पठाईने तयारी भईरहेको इलाका प्रहरी कार्यालय गजुरीका
प्रहरी निरिक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । सडकवाट खसेको कार १ सय
मिटर तल त्रिशुली नदीमा पुगेको प्रहरीले बताएको छ ।



No comments:
Post a Comment