राजेन्द्र बस्नेत
धादिङ/धादिङ जिल्ला सदरमुकाम आसपासका ४ गांउ विकास समितिका वृद्धवृद्धालाई कृषि विकास वैंकबाट सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ । विहिवार बाट कृषि विकास वैंक धादिङ शाखाबाट १ हजार ९ सय ७८ जनाका लागि ४० लाख ५१ हजार छ सय रुपयां वितरण गर्ने जानाकारी दिएको छ ।
मुरलीभन्ञ्याङ गाविसका पूर्णअपाङ्ग २५ जना, आंशिकअपाङ्ग २ जना, एकल महिला ५९ जना र वृद्धवृद्धा ३सय६१ जना नीलकण्ठ गाविसमा पूर्णअपाङ्ग १५ जना,आंशिकअपाङ्ग २ जना, एकल महिला १२८ जना र वृद्धवृद्धा ५सय ४० जना रहेको लागि पैसा वैंकमा आएको छ । यसैगरी सुनौलावजार गाविसका पूर्णअपाङ्ग ६ जना, आंशिकअपाङ्ग २ जना, एकल महिला १सय३५ जना र वृद्धवृद्धा ३सय७२ जना र सांकोष गाविसका पूर्णअपाङ्ग ५ जना, आंशिकअपाङ्ग २ जना, एकल महिला ६० जना र वृद्धवृद्धा २सय६४ जनाका लागि४० लाख ५१ हजार छ सय रुपयां रहेको प्रवन्धक अधिकारीले जानकारी दिनुभयो ।
५० वटै गाविसबाट पहिलो चौमासिकमा भत्ता बुझेको संख्यालाई आधार मानि दोश्रो चौमासिकका लागि सामाजिक सुरक्षा भत्ता पठाईसकेको जिल्ला विकास समितिले जनाएको छ । जिल्लाका विभिन्न गाविसमा रहेका पूर्णअपाङ्ग ४ सय २२ जना, आंशिकअपाङ्ग १ सय जना, एकल महिला ४ हजार ६ सय ६५ जना र वृद्धवृद्धा १८ हजार ३ सय २३ जनालाई ४ करोड ७९ लाख ९० हजार निकासा दिएको छ ।
पूर्णअपाङ्ग भएकाहरुका लागि मासिक एक हजार, आंशिक अपाङ्ग भएकाहरुका मासिक लागि तीस सय, ६० वर्ष माथिका एकलहरुका लागि मासिक पांच सय र ७० वर्ष माथिका वृद्धवृद्धाका लागि मासिक पांच सय सामाजिक सुरक्षा भत्ता स्वरुप स्थानीय गाविसबाट दिदै आएको छ ।



No comments:
Post a Comment