धादिङ,९ जेठ /पहिचान सहितको सङ्घीयताको माग गर्दै आदिवासी जनजाति संयुक्त सङ्घर्ष समितिले आह्वान गरेको बन्दका तेश्रो दिन पनि धादिङ जिल्लाको जनजीवन प्रभावित भएको छ ।
जातिय पहिचानको आधारमा राज्यको पुर्नंसंरचना सुनिश्चित गरिनुपर्ने, पहिचानका आधारमा प्रस्तावित प्रदेशको सङख्या घटाउन नहुने, यस अघि भएका सम्झौताहरु कार्यान्वयन गरिनुपर्ने लगायतका माग राख्दै आह्वान गरिएको नेपाल बन्दका तेश्रो दिन पनि जिल्ला सदरमुकामका साथै अन्य स्थानका वजारहरु ठप्प रहेका छन । शिक्षण संस्था,उद्योग व्यवसाय पनि खुलेका छैनन । धादिङ जिल्ला भित्र पर्ने त्रिभुवनराजपथ,पृथ्वीराजमार्ग र धादिङबेसी मलेखु सडक खण्डका साथै अन्य ग्रामीण सडकमा समेत कुनै सवारी साधन चलेका छैनन । बिहानै देखि प्रर्दशनकारीहरुले ठाउं ठाउंमा बसेर नाराजुलुस गरिरहेका छन । कारण पसल, उद्योग कलकारखाना, शैक्षिक सस्थां, सवारीसाधन सञ्चालनमा आउन सकेन । बन्दकर्ताहरु ले धादिङ मलेखु सडकखण्ड र पृथ्वीराजमार्गका विभिन्न स्थानहरुमा ढुङगामुढा राखेर चोकचोकमा प्रर्दशन गरिरहेका छन । तीन दिने वन्द अन्य जिल्लामा तनावपूर्ण बन्दै गएपनि धादिङ जिल्लामा भने शान्तिपूर्ण र संयमित नै रहेको छ ।



No comments:
Post a Comment