केशव अधिकारी
आग्राखोला (धादिङ), ५ जेठ : काभ्रे
जिल्लाको बनेपा नजिकै पर्ने धनेश्वरका स्थायी बासिन्दा हुन दौलतबहादुर
थापा । ६५ बर्ष पार गरिसकेका दौलतबहादुर २५ बर्ष देखि धादिङ जिल्लाको
महादेववेसी नजिकै रहेको आग्रा खोलामा गिट्टि फुटाएर जिवन निर्वाहका लागि
कठिन परिश्रम गरिरहेका छन् ।
२०३५ सालमा बिबाह गरेका दौलतबहादुरको
एउटा छोरा जन्मिएका थिए । ६ बर्ष हुदां गाउंवाटै छोरो हराएपछि उनको जिवनमा
धेरै आरोह अवरोहहरु देखापर्न थाले । हराएको छोरो खोजीमा भौतारींएका
दौलतबहादुरले छोरो भेटेनन यहि बेलामा श्रीमतीले पनि अर्कै संग नयां सम्वन्ध
कायम राखेर घरजम जोडिन । छोरो हराउनु,श्रीमतीले छाड्नुले मात्र उनलाई चोट
दिएन । घरमा भएकी भाउजुले दौलतलाई घरवाटै निकालिदिइन । भाउजुको हप्किदप्कि र
दुव्यवहारले सिमा नाघ्दा पनि एउटै कोखवाट जन्मलिएका दाजुले कुनै प्रतिकृया
नदिएर भाउजुको मनोवल बढाईदिएपछि बाध्यताले घर छाड्नुपरेको दौलतबहादुर
बताउंछन ।
पञ्चायती शासन ढालेर देशमा प्रजातन्त्र ल्याउनका लागि
मुलुकमा आन्दोलन चर्किरहेको बेला मनभरि चोट र पिडा लिएर आफ्नो जन्म भएको
गाउं र पुख्र्यौली बस्ति छाडेका दौतलबहादुरले आफ्नो यात्रा धादिङ जिल्लाको
महादेववेसी नजिकै आग्रा खोलावाट एक पाइला अगाडि बढाउन सकेनन । दौलतबहादुरले
गाउं छाडेको केहि दिनमै देशमा प्रजातन्त्र आयो, केहि बर्ष पछि त्यो
प्रजातन्त्र पनि फ्यांकेर जनताले लोकतन्त्र ल्याए । लोकतन्त्रले पनि नपुगेर
मुलुकमा गणतन्त्र स्थापना गरिईसकिएको छ तै पनि उनको जिवनमा भने अभाव र
पिडा तन्त्र कायमै छ ।
दौलतबहादुर आग्रा खोला आईपुग्दा खोलाको
दायां वायां प्लाष्टिकको छाप्रो वनाएर ४ हजारको हाराहारीमा मजदुरहरु आग्रा
खोला संग जिवन जिउनका लागि कठिन संघर्ष गरिरहेका थिए । खोलामा मेशिनको
प्रयोग बढ्न थालेपछि र पहिलेको तुलनामा ढुङगा पाइन छाडेपछि यहांका धेरै
मजदुरहरुले यो ठाउं छाडिसकेका छन । २५ बर्ष देखि खोलाका ढुङगासंग जुधिरहेका
दौलतबहादुर अहिले पनि सकि नसकि आफ्नो दैनिकीलाई नियमित गरिरहेका छन ।
पाखुरामा बल छंदा दिनको आठ ढ्वाङ गिट्टि फुटाउने दौलतबहादुर हिजोआज
दिनभरिमा दुई ढ्वाङ गिट्टि पनि पुटाउन सक्दैनन । एक ढ्वाङ गिट्टि बिक्रि
गर्दा १३ रुपैया उनको हातमा पर्छ । दिभरिको कमाईले बिहान बेलुकाको छाकटार्न
पनि नसक्ने अवस्थामा छन दौलतबहादुर ।
हर हमेसा आफ्ना दाजु
रामबहादुरको र धनेश्वर गाउंको याद आईरहन्छरे उनलाई । दाजु मरे या जिउंदै छन
त्यो पनि थाहा छैन । आंफुले घर छोड्दा दुई भाई भतिज जन्मिएका थिए ति पनि
अहिले ठुला भईसकेका होलान आंफुले नदेखेको पनि बर्षौ भईसक्यो, उनिहरुले याद
नगरेपनि आफुलाई भने उनिहरुको याद आईरहन्छ । याद आएर मात्र के गर्नु आफ्नो
भन्ने कोहि छैनन जस्तो लाग्छ दौलतबहादुरले आंखावाट बरर आंसु खसाल्दै बताए ।
धेरै दिन भएछ दौलतबहादुरको शरिरले पेटभरि अन्न नभेटेको । झुस्स
दाह्री,कपाल झरेर खुईलिंदै गएको तालु ,अस्थिपञ्जर देखिने उनको नाङ्गो शरिर,
ठाउं ठाउंमा उध्रिंएको पुरानो मैलो पाइन्टलाई काटेर बनाईएको कट्टुमा
भेटिएका दौलतबहादुरले आफ्नो जिवनका पिडाहरु ओकल्न पटक पटक आंसुको सहारा
लिएका थिए ।
आग्रा खोलाको बगरमा घोचा र प्लाष्टिकका टुक्राले
छोपछाप पारिएको ठिङ्ग उभिन पनि नसकिने अवस्थाको उनको आश्रयस्थल (घर) भित्र
सुत्नका लागि दुईचारवटा प्लाष्टिकका बोरा अनि भांडाको नाममा एउटा पुरानो
सिलावरको डेक्चि र थाल बाहेक केहि छैनन ।बगर छेउमा रहेको उनको आश्रयस्थलको
छेउमै सकि नसकि हम्मर उचालीरहेका दौलतबहादुरलाई देख्दा वरिपरिका धेरैको मन
कुंिडदो पनि रहेछ । छिमेकी भएकाहरुको पनि पिडा यस्तैछ । एकले अर्काको दुःख
देख्छ तर केहि गर्न सक्दैन किनकी अरुलाई पनि छाक टार्न धौ धौ परिरहेको छ
हिजो आज ।
घर जाने मन भएर पनि खर्चको अभावले घर जान नपाएको
दौलतबहादुरले बताए । पुख्र्यौली सम्पत्ति र आफन्त भएर पनि आंफुले
बुढेसकालमा बेसहारा हुनुपरेको उनी बताउंछन । घर छाडेर हिंडेपछि कसैले आफ्नो
खोजी नगरेको र घर जाने खर्च जुटाउन नसक्दा खोलाको बगरमा थन्किनु परेको
उनले वताए ।




No comments:
Post a Comment