संगिता आलेमगर
मुरलीभञ्ज्याङ/ “परिवार नियोजन बाँधन, भ्यासेक्टोमी हो स्थायी साधन जान्छौँ हामी सर्वेक्षण लिएर, आफूसँग भएको चेतना सबैलाई दिएर” जस्ता स्वास्थ्य सम्बन्धि जनचेतना मूलक गीत गाएर जनस्वास्थ्य तथा प्राविधिक अध्ययन स्कूलमा अध्ययनरत सिएमय तर्फका विद्यार्थीहरुको प्रयोगात्मक शिक्षा अन्तर्गत कम्युनिटी फिल्ड कार्यक्रम जेष्ठ २ गते सम्पन्न भएको छ ।
गएको वैशाख २० गतेदेखि सुरु भएको उक्त सर्वेक्षण सहज र उपयुक्त होस् भन्ने हिसावले ३९ जना विद्यार्थीहरुलाई चार समुहमा विभाजन गरिएको उक्त सर्वेक्षणका संयोजक कृष्णलाल उप्रेतीले बताउनुभयो । चार वटा समूह रहेको उक्त सर्वेक्षणको समूहहरुमा समुह सी ले वैशाख २७ गते मैदी –४ मा रहेको संस्कृत तथा साधारण उ.मा.वि.मा, समुह ए ले वैशाख ३१ गते नलाङ – ६मा रहेको बलदेवी नि.मा.वि.मा र समूह बी ले पनि वैशाख ३१ गते नै ढोला – ७मा रहेको कालिका नि.मा.वि.मा आफ्नो जिम्मेवारी सम्पन्न गरिसकेको सर्वेक्षण कार्यक्रमका संयोजक उप्रेतीले बताउनु भयो ।
बाँकी रहेको समूह डी ले यहि जेष्ठ २ गते मुरलीभञ्ज्याङ – ४ मा अवस्थित पाल्पा सामरी भञ्ज्याङ मा.वि.मा एक कार्यक्रमका साथ सर्वेक्षण कार्यक्रम सम्पन्न गरेको छ । समूहका लिडर रमेश श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ज्ञानु थापा मगरको प्रमुख आतित्थ्यता रहेको थियो । ठाकुर परियारले सञ्चालन गर्नुभएकोे उक्त कार्यक्रममा मुरलीभञ्ज्याङका स्वास्थ्य चौकीका प्रमुख कृष्णबहादुर पौडेल, जनस्वास्थ्य तथा प्राविधिक अध्ययन स्कूलका सह–ईन्चार्ज राजन गिरी, जनस्वास्थ्य तथा प्राविधिक अध्ययन स्कूलकै शिक्षक एवम् सर्वेक्षणका संयोजक कृष्णलाल उप्रेती लगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा विद्यार्थीहरुलाई हात धुन सिकाईएको समूहका लिडर श्रेष्ठले बताउनुभयो । कार्यक्रममा स्वास्थ्य सम्वन्धि जनचेतना मुलक प्रस्तुतीहरु (गीत तथा नाटक) पनि देखाईएको थियो । सर्वेक्षण समूह डी का विद्यार्थीहरु शोभा आले मगर, सरस्वती श्रेष्ठ, राजाराम ढुङगाना र ज्योती पोखरेलले उक्त सर्वेक्षणको तथ्याङ्क प्रस्तुत गर्नुभएको समुह सी का लिडर दिपा राना मगरले जानकारी दिनुभयो ।



No comments:
Post a Comment