Monday, May 28, 2012

आग्राखोलाका मजदुरलाई खाद्यान्न सहयोग



धादिङ/दिनभर गिटी कुटेर पनि बिहान बेलुकाको छाक टार्न नसकेपछि भोक भोकै बस्न वाध्य भएका  आग्राखोलाका १९ मजदुर परिवारलाई धादिङ जिल्लाका विभिन्न सामाजिक संघ संस्थाहरुले खाद्यान्न सहयोग गरेका छन ।
    सोमवार आग्राखोला दोभानमा आयोजित एक कार्यक्रममा मजदुर परिवारलाई खाद्यान्न सहयोग गरिएको हो । खाद्य अधिकार जिल्ला सञ्जाल धादिङको पहलमा जिल्लाका एक दर्नन भन्दा बढि सामाजिक संस्थाहरुले सामुहि रुपमा संकलन गरेको ३० हजार रुपैया वाट  आग्रा खोलाका अति विपन्न १९ परिवारलाई प्रति परिवार  ३० केजी चामल, २ केजी दाल १ लिटर तेलका दरले सहयोग गरेका हुन । मजदुरपरिवारलाई खाद्यान्न बितरण कार्यक्रममा धादिङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल, स्थानीय विकास अधिकारी इन्दु घिमिरे का साथै जिल्लाका विभिन्न क्षेत्रमा कृयाशिल सामाजिक कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
    पृथ्वीराजमार्गको महादेववेसी वजारवाट शुरु हुने आग्रा खोलाको मजदुर वसोवास क्षेत्रमा अहिले पनि २ सय ५० भन्दा बढी परिवार प्लाष्टिकको छानामुनि नाम मात्रैको घरमा बस्दै आएका छन् । आग्रा खोलामा मजदुरी गर्न आउनेहरु मध्ये धादिङ जिल्ला वाहिरका धेरै छन ।
     ०५० सालमा गएको बाढीपहिरोमा परेर भएको जायजेथा नष्ट भएर ,शशस्त्र युद्ध शुरु भएपछि गाउंमा बस्न सक्ने अवस्थाको सिजनैला भएर तथा अन्य कारणले गर्दा उदयपुर,खोटाङ,सिन्धुली,ओखलढुङगा,भोजपुर,संखुवासभा,सर्लाही,रामेछाप लगायत देशका  ३३ जिल्लाका गरिव तथा विपन्न परिवारहरु धादिङ जिल्लाको थांक्रे,तसर्पु र भुमेस्थान गाविसको सिमाना भएर बग्ने आग्रा र नजिकैको महेशखोलामा रोजिरोटीका लागि कठिन संघर्ष गरिरहेका छन ।   दश वर्ष अघि ४ हजार भन्दा धेरै मजदुरको आश्रय स्थल बनेको आग्रा खोलामा अहिले सिमित मजदुरमात्र बांकी रहेका छन ।   गरिबीका कारण घर परिवारमा बढ्दै गएको आर्थिक समस्या र बैदेशिक रोजगारीमा जान नसक्नेहरुका लागि  मजदुरी गर्ने बैकल्पिक क्षेत्र बनेको धादिङ जिल्लाको  आग्राखोला, बेल्खुखोला र मलेखुखोलामा आइपुगेका मजदुरहरुको रोजिरोटी खोसीन थालेको छ ।

No comments:

Post a Comment

vfhcnbn

vggc