धादिङ/आज पाँचौ गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । २०६५ सालमा आजकै दिन संविधान सभाको पहिलो बैठकबाट नेपाललाई लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकको सुचीमा राखिएको सम्झनामा दिवस मनाउन थालिएको हो । १० वर्षे माओवादी सशस्त्र युद्ध र १९ दिने जनआन्दोलको सफलतापछि नै २ सय ४० वर्षे इतिहास बोकेको राजतन्त्रको अन्त्य भइ नेपालमा गणतन्त्र आएको हो । दिवसको अवसरमा राष्ट्रपति डा रामबरण यादवले मुलुकको जटिल अवस्थामा दिवसले आपसी भाइचारा र सामाजिक सद्भावकायम सकोस भनेर सुभकामना दिनुभएको छ । देश विदेशमा रहेका नेपालीहरु एकवद्ध भएर देश र नागरिकको हितमा लाग्नुपर्ने सन्देशमा भनिएको छ । दिवसकै अवसरमा आज राजधानीको टुडीखेलमा हुने विशेष कार्यक्रममा प्रधानमन्त्री डा बाबुराम भट्टराई र राष्ट्रपति डा रामवरण यादवले अवलोकन गर्नु हुने भएको छ । सरकारले पनि यस अघि नै जेठ १४, १५ र १६ गते गणतन्त्र दिवस मनाउने घोषणा गरि सकेको छ । दिवसरका अवसरमा आज सार्वजनिक विदा पनि दिइएको छ । तर गणतन्त्र ल्याउने संविधानसभा नै गएरातिस्वत विघटन भएपछि भने नागरिक निरास भएका छन् । संविधान निर्माणको कार्यभार पुरा गरेर गणतन्त्रको सस्थागत रुपमै विकास गर्नपर्न वेलामा देशमा संवैधानिक संकट आएकाले अव के होला भन्ने अन्योलता थपिएको छ ।
Sunday, May 27, 2012
आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइदैछ

Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment