धादिङ /प्रमुख राजनीतिक दलहरुबीच राज्यपुनर्संरचनाको बारेमा सहमति हुन नसकेपछि संविधाननै जारी नगरी संविधानसभाको कार्यकाल समाप्त भएको छ । एकीकृत माओवादी, नेपाली काङ्ग्रेस, नेकपा एमाले र मधेसी मोर्चाबीच भएका छलफलहरु उपलब्धिविहिन भएपछि गएरातिदेखि संविधानसभा र संसद स्वत विघटन भएको छ । सहमतिका लागि दलहरुले अन्तिम प्रयास गरे पनि राज्यको संख्या, नाम र सीमाको बारेमा सहमति हुन सकेन । हिजो दिउँसो सम्ममा संविधान जारी गर्ने सम्भावना बढेको बताइरहेका दलहरुले राती संविधानसभा र संसद जोगाउन नसकेकोभन्दै बैठकबाट बाहिरिएका थिए । पटकपटक गरी थपिएको ४ पटकको संविधानसभाको म्याद दलहरुको विवादैविवादकाबीच खेर गएको छ । संविधानसभाले विभिन्न ११ वटा विषयगत समितिहरू गठन गरी संविधान लेखनको प्रारम्भिक काम सम्पन्न भएको थियो भने राज्यको पुनःसंरचना, राज्यको शासकीय स्वरुप, निर्वाचन प्रणाली, नागरिकता, न्यायपालिकालगायतका विषयमा दलहरूबीच विवाद थियो । नेपालकै इतिहासमा पहिलोपटक जननिर्वाचित संविधानसभाको अवधि मुलुकमा नयाँ संविधान घोषणा नगरी राति १२ बजेबाट समाप्त भएको छ । तत्कालीन सात राजनीतिक दल र विद्रोही नेकपा माओवादीबीच २०६१ साल मङ्सिर ७ गते भएको १२ बुँदे सहमतिमा संविधानसभाद्धारा जनताको संविधान निर्माण गर्ने उल्लेख गरिएको थियो । जनआन्दोलनबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्न नेपालमा २०६४ साल चैत २८ गते संविधानसभाको निर्वाचन भएको थियो । सभाको पहिलो बैठकले २०६५ जेठ १५ गते राजतन्त्रको औपचारिक अन्त्य गरी लोकतान्त्रिक गणतन्त्रको विधिवत् घोषणा गरेको थियो ।
Sunday, May 27, 2012
संविधान जारी नगरी संविधानसभा भङ्ग

Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment