धादिङ /राजनीतिक दलहरूको बीचमा सहमति हुन नसकेपछि सरकारले आगामी मङ्सिर ७ गते को लागि संविधानसभाको नयाँ निर्वाचनको घोषणा गरेको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा गएराति बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न कारण संविधान जारी गर्न नसकेको भन्दै सर्वोच्च अदालतको आदेशबमोजिम संविधानसभाको निर्वाचन गर्ने निर्णय गरेको हो । सरकारमा सहभागी केही मन्त्रीले भने बैठक बहिस्कार गरेका थिए । मन्त्रिपरिषद्बाट संविधानसभाको निर्वाचन मङ्सिर ७ मा गर्ने निर्णय गराएलगत्तै प्रधानमन्त्री डा बाबुराम भट्टराईले राष्ट्रपति डा रामबरण यादवलाई मन्त्रिपरिषद्को निर्णयबारे जानकारी गराउनु भएको थियो । प्रधामन्त्रीले राष्ट्रपतिलाई भेटे लगत्तै नेपाली काङ्ग्रेस, नेकपा एमाले, मधेसी जन अधिकार फोरम नेपालका शीर्ष नेताहरुले पनि राष्ट्रपतिलाई भेटी प्रधामन्त्री एकलौटी रुपमा अघि बढेकोभन्दै संविधानसभाको नयाँ निर्वाचनको पक्षमा आफूहरु नरेकोभन्दै प्रधानमन्त्रीको कदम गलत भएको बताएका थिए । सरकारले संविधानसभाको नयाँ निर्वाचन गर्ने निर्णय गरे पनि सरकारमा सहभागी नेकपा एमाले लगायतका राजनीतिक दलका मन्त्रीहरुले भने प्रधानमन्त्रीले मनोमानी ढङ्गबाट निर्णय गराउन खोजेकोभन्दै मन्त्रिपरिषद्को रातिको बैठक बहिस्कार गरेका थिए ।
Sunday, May 27, 2012
आगामी मङ्सिर ७ गते संविधानसभाको नयाँ निर्वाचन

Subscribe to:
Post Comments (Atom)

No comments:
Post a Comment