धादिङ /संविधानसभा र संसद भङ्गपछि उत्पन्न हुने जटिलताको बारेमा छलफल गर्न एकीकृत माओवादीको स्थायी कमिटिको बैठक आज बस्दैछ । संविधानसभा र संसद गएरातिबाट स्वत विघटन भएपछि एकीकृत माओवादीले अबको रणनीतिको बारेमा छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको हो । आज बिहान बस्ने बैठकमा नेकपा एमाले लगायतका दलहरु सरकारबाट बाहिएपछि र नयाँ संविधानसभाको निर्वाचनको मिति तोकेपछि बढेको राजनीतिक दलहरुबीचको दूरी घटाउने बारेमा कुराकानी हुने माओवादी स्थायी कमिटि सदस्य गिरिराजमणि पोखरेलले जानकारी दिनुभयो ।



No comments:
Post a Comment