धादिङ /सरकारका तर्फबाट ताजा जनादेशका लागि निर्वाचनको घोषणा गरेपछि नेपाली काङ्ग्रेस र नेकपा एमालेले अबको रणनीतिको बारेमा छलफल गर्दैछन् ।
एकीकृत नेकपा माओवादीले दलहरुलाई सहमतिमा नलिई सरकारका तर्फबाट निर्वाचनको घोषणा गरेपछि आफ्नो भावी रणनीति तय गर्न दुईदल आज छलफलमा जुट्ने भएका छन् । नेकपा एमालेका सचिव युवराज ज्ञवालीले नेताहरुबीच अनौपचारीक छलफल भइरहेको र आजै स्थायी समितिको बैठक पनि बस्ने जानकारी दिनुभयो । अहिले नै कुन तहको रणनीति बनाउने भन्ने विषयमा टुङगो लागेको छैन अब स्थायी समिति, केन्द्ीय समितिका बैठक गरेर एउटा निस्कर्षमा पुग्छौ ज्ञवालीले भन्नुभयो । उहाँले निर्वाचनको विपक्षमा रहेका अरु दलहरुसँग पनि एमालेले छलफल चलाउने बताउनुभयो । नेपाली काङ्ग्रेस पनि आन्तरिक छलफलमा रहेको छ । उच्चतहका नेताहरुबीच अहिले बिहान सभापति शुसील कोइरालाको महाराजगञ्जस्थित निवासमा छलफलको तयारी भइरहेको छ । महामन्त्री कृष्णप्रसाद सिटौलाले अब सरकारको कदम विरुद्ध रणनीति तय गर्ने र त्यसका लागि छलफल भइरहेको बताउनुभयो । अरु सानदलहरुले पनि आज विगतको समीक्षाका लागि भन्दै आफ्ना आफ्ना दलका बैठक बोलाएका छन् ।



No comments:
Post a Comment